अन्नपूर्णका पहिरो पिडितको निजी आवास पुननिर्माणका लागि सम्झौता

Sinchai Khanipani notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका मनसुनजन्य विपद् प्रभावितहरुको पुर्नस्थापनाका लागि निजी आवास पुननिर्माणका लागि अनुदान सम्झौता भएको छ ।

बि.स. २०७७ को बर्खा याममा पहिरो, कटान र बाढीले घरबास गुमाएका पहिरो पिडितहरुको निजी आवास पुननिर्माणका लागि रु. पाँच लाखका दरले अनुदान उपलब्ध गराउन आइतबार पोखरेबगर स्थित गाउँपालिकाको कार्यालयमा सम्झौता गरि अभिमुखीकरण गरिएको हो ।

२० जना लाभग्राहीहरुसँग अनुदान सम्झौता गरि घरको डिजाइन, मापदण्ड, अनुदानको किस्ता भुक्तानी, प्रबिधी र प्रक्रियाको बिषयमा अभिमुखीकरण गरिएको गाउँपालिकाका इञ्जिनियर इश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कुल पाँच लाख अनुदान मध्य गाउँपालिकाले पहिलो किस्ता वापतको दश प्रतिशत रु. पचास हजारका दरले पिडितको खातामा पठाउनेछ । दोस्रो किस्ता दुई लाख पचास हजार रुपैयाँ र तेस्रो किस्तार घर निर्माण सकिएपछि दुई लाख उपलब्ध गराउने ब्यवस्था छ ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले यस वर्षको बर्खामा पनि घरबास गुमाएकाहरुको पहिचान गरेर जिल्ला विपद् ब्यवस्थापन समितिमा सिफारिस गरिएको र स्विकृत भएपछि अनुदान सम्झौता र पुननिर्माण प्रक्रिया अघि बढाइने बताउनुभयो ।

योजना अधिकृत हरिकृष्ण आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले जति सक्दो छिटो, गुणस्तरीय र तोकिएको मापदण्ड अनुसारको घर बनाउन प्रभावितहरुलाई आग्रह गर्नुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...