म्याग्दीका थप ९ वडामा एमालेको वडा अधिवेशन सम्पन्न

Gandaki Pardesh notice

बेनी । म्याग्दीका थप ९ वटा वडामा आइतबार नेकपा एमालेको वडा अधिवेशन भएको छ ।

६ वटा स्थानीय तहको ४५ मध्य आइतबार सहित ३४ वटा वडामा भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको एमाले म्याग्दीले जनाएको छ । शनिबार २५ वटा वडामा अधिवेशन भएको थियो ।

एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले आइतबार अन्नपूर्णको १, रघुगंगा, मंगला, मालिकाको २÷२ र धवलागिरीको तीन वटा वडामा अधिबेशन भएको जानकारी दिनुभयो । बेनी नगरपालिकाको १०, मंगलाको ५ र मालिकाको ७ वटा वडामा अधिवेशन सकिएको छ ।

Shreekrishna hardwear in news

रघुगंगा–४ दग्नाममा इन्द्रमान थजाली, ५ झिँमा तेजु शेरपुञ्जा, मंगला ३ मा कुलबहादुर थापा, ४ मा अर्जुन रोका, मालिका २ रुममा उदयबहादुर बुढाथोकी, ५ देबिस्थानमा कुमार बुढाथोकी, अन्नपूर्ण–५ शिखमा तेजबहादुर पुर्जा, धवलागिरी–२ लुलाङमा बलबहादुर बिक, ५ मल्कवाङमा धनबहादुर दर्जी र ६ मराङमा ज्ञानबहादुर गर्बुजाको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

सर्बसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन खोजेको देखिएको छ । बाँकी ११ वटा वडामा सोमबार अधिवेशन गरिने एमालेले जनाएको छ । अधिवेशन भएको ३४ मध्य कनै पनि वडामा महिला नेतृत्वमा पुगेका छैनन् ।

Bhautik ministry notice about road

बेनी नगरपालिकाको १ देखि १० नम्बर वडामा क्रमश ः टेकबहादुर थापा, डिलबहादुर घिमिरे, गेमबहादुर घर्ति, गोबिन्दप्रसाद पौडेल, दिनेश कार्की, गणेश बानिया, रमेश पुर्जा, ठाकुर शर्मा, बाबुराम चोखाल र कृष्णबहादुर मल्लको अध्यक्षतामा बढीमा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

धवलागिरी–३ मुनामा बिष्णु भण्डारी, ४ मुदीमा गणेश घर्ति र ७ ताकममा कलानिधी सुबेदीको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । मालिका–१ निस्कोटमा यमबहादुर पुन, ३ डाडागाउँमा बलबहादुर बुढा, ४ ओखरबोटमा गोबिन्द कडेल, ६ दरबाङमा तारामान रोका र ७ बिममा टुकलाल पुन वडा कमिटि अध्यक्षमा चयन हुनुभएको छ ।

मंगला–१ कुहुँमा एकजित रोका, २ बाबियाचौरमा जिबन कार्की र ५ अर्मनमा कृष्णबहादुर छन्त्याल वडा कमिटि अध्यक्ष चयन हुनुभएको छ । रघुगंगा–२ भगवतिमा धु्रब सुबेदी, ३ पिप्लेमा सुमन पौडेल र ६ पाखापानीमा टुकलाल पुन वडा कमिटि अध्यक्ष निर्बाचित हुनुभएको छ । अन्नपूर्ण–१ दोबामा बिर्खबहादुर गर्बुजा र ६ घारमा भक्तबहादुर खड्काको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

वडा र पालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब, दुई उपसचिब सहित वडामा बढीमा ३१ र पालिकामा ७५ सदस्यीय कमिटि बनाउने एमालेको बिधानमा उल्लेख छ । वडा अधिवेशनबाट युवाहरुलाई नेतृत्व हस्तान्तरण भएकाले पार्टी गतिबिधी थप प्रभावकारी बन्ने एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनुभयो । बाँकी वडामा दलित र महिला पनि नेतृत्वमा आउने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सबै कमिटिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ । २०७४ मा म्याग्दीमा एमालेका एक हजार ६०७ जना संगठित सदस्य रहेकोमा नयाँ थपिएका सहित तीन हजार १०० सदस्य पुगेको नेताहरुले बताएका छन् । बेनी नगरपालिका र मंगला गाउँपालिकामा एमालेका धेरै संगठित सदस्य छन् ।

कात्तिक ९ गते एमालेको पालिका अधिवेशन हुदैछ । अधिवेशनका लागि एमालेका नेताहरु गाउँ पसेपछि राजनीतिक सरगर्मी बढेको छ । स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ । अधिवेशन गर्न केन्द्रिय, प्रदेश, जिल्ला र पालिका कमिटिका नेताहरुले जिम्मेवारी बाँडफाड गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...