म्याग्दीको उत्पादनलाई अन्तराष्ट्रियकरण गर्ने मोनाको योजना

Sinchai Khanipani notice

बेनी । म्याग्दी, प्रवासी नेपाली संघ (मोना)को नयाँ कार्यसमितिले जिल्लाको उत्पादनलाई अन्तराष्ट्रिय स्तरमा बजारीकरण गर्ने योजना अघि सारेको छ ।

चौथो अधिवेशनबाट निर्बाचित अध्यक्ष अमर छन्त्यालले प्रवासमा रहेका म्याग्देलीहरुलाई अप्ठ्यारोमा सघाउने, विपद् ब्यवस्थापन, महामारी नियन्त्रण, शिक्षा, स्वास्थ्य जस्ता बिगतका कार्यक्रमलाई निरन्तरता दिदै लगानी भित्र्याउन पनि जोड दिने बताउनुभयो ।

Bhautik ministry notice about road

म्याग्दीमा उत्पादन हुने च्याउ, सिमी जस्ता उत्पादनको अन्तराष्ट्रिय बजार बिस्तार गर्ने र जलबिद्युत आयोजना, कृषि, पर्यटन, पशुपालनको क्षेत्रमा प्रवासीको लगानी भित्र्याउन सहजिकरण गर्ने उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

बिश्वका जुनसुकै ठाउँमा पुगेका म्याग्देलीलाई आइपर्ने समस्या समाधानका लागि मोना तयार रहेको उहाँको भनाई थियो । फरक मत राखेका र असन्तुष्ट सदस्यहरुलाई पनि मिलाएर मोनाको गरिमा बचाइराख्ने अध्यक्ष छन्त्यालको भनाई छ ।

रोजगार, ब्यापार, ब्यवसाय र अध्ययनको शिलशिलामा बिदेशिएकाहरुले म्याग्दी प्रवासी नेपाली संघ (मोना)को हालै सम्पन्न चौथो अधिवेशनबाट छन्त्यालको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...