म्याग्दीमा बन डिभिजनका कार्यक्रमका लागि पौने दुई करोड बजेट

Shreekrishna hardware

बेनी । गण्डकी प्रदेश सरकारले बन डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक बर्ष २०७८÷७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि पौने दुई करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको छ ।

कार्यालयका अनुसार पँुजिगत तर्फ ५५ लाख र चालु शिर्षकमा एक करोड २७ लाख ४४ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । कार्यालयका निमित्त प्रमुख चन्द्रमणी सापकोटाले पुजिगत शिर्षकमा दश वटा सामुदायिक बनमा पोखरी निर्माणका लागि दश लाख रुपैयाँ, दुई वटा सामुदायिक पर्यापर्यटन पुर्बाधार कार्यक्रमका लागि सात लाख, चार वटा नर्सरी मर्मत सम्भार तथा स्तरोन्नती कार्यक्रमका लागि दुई लाख, बन ब्यवस्थापनका लागि मेसिनरी औजार खरिद गर्न तीन लाख र धवलागिरी सब डिभिजन बन कार्यालयको भवनमा तला थप गर्न पन्ध्र लाख रुपैयाँ बिनियोजन भएको छ ।

Ban devision notice

चालु शिर्षकमा २४ वटा सामुदायिक बनमा स्थलगत अभ्यासका लागि सात लाख २० हजार, पाँच हजार जडिबुटी बिरुवा खरिद तथा बितरण गर्न दुई लाख ९० हजार, एक वटा जडिवुटी खेती प्रर्वद्धन कार्यक्रमलाई ६० लाख, मानव बन्यजन्तु द्धन्द ब्यवस्थापनलाई पाँच लाख, बीस हजार बहुबर्षिय बिरुवा उत्पादन तथा बितरण गर्न १२ लाख, कृषि वन प्रर्वद्धन तथा बिकास कार्यक्रमलाई पाँच लाख रुपैयाँ बिनियोजन भएको छ ।

Shreekrishna

गत आर्थिक बर्षमा सञ्चालन भएको कार्यक्रमको समिक्षा र नयाँ आर्थिक बर्षको कार्यक्रम सार्वजनिकरण शुक्रबार प्रतिनिधीसभा सदस्य भुपेन्द्र थापा, प्रदेशसभा सदस्य बिनोद केसी, प्रजिअ चिरञ्जिवी राना लगायत सरोकारवालाको उपस्थितिमा गरिएको थियो ।

सामुदायिक वन उपभोक्ता समूह, सहकारी, फर्महरुसँग सम्बन्धित चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रमको आवेदन आव्हान गरिसकेको सहायक बन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...