म्याग्दीका २५ वटा वडामा एमालेको अधिवेशन सकियो, कहाँ कस्को नेतृत्व ?

Gandaki Pardesh notice

बेनी । म्याग्दीका २५ वटा वडामा शनिबार नेकपा एमालेको नेतृत्व चयन भएको छ ।


अधिवेशन भएका सबै वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमाले म्याग्दीले जनाएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बाँकी २० वटा वडामा आइतबार र सोमबार अधिवेशन गरिने जानकारी दिनुभयो ।

“धेरै ठाउँमा नेतृत्व हस्तान्तरण भएर युवाहरु नेतृत्वमा आउनुभएको छ,” उहाँले भन्नुभयो “पुर्वतयारी, भौगोलिक बिकटता र बर्षातका कारण सडक अवरुद्ध भएकाले बाँकी २० वटा वडामा भोली र पर्सी अधिवेशन हुन्छ ।”

Shreekrishna hardwear in news

एक नगरपालिका सहित ६ वटा स्थानीय तह रहेको म्याग्दीमा ४५ वटा वडा रहेका छन् । बेनी नगरपालिकाको १० वटै, अन्नपूर्णका २, रघुगंगाको ३, मंगलाको ३, मालिकाको ५ र धवलागिरीको २ वटा वडामा अधिवेशन सकिएको छ । अधिवेशन भएको २५ मध्य कनै पनि वडामा महिला नेतृत्वमा पुगेका छैनन् ।

बेनी नगरपालिकाको १ देखि १० नम्बर वडामा क्रमश ः टेकबहादुर थापा, डिलबहादुर घिमिरे, गेमबहादुर घर्ति, गोबिन्दप्रसाद पौडेल, दिनेश कार्की, गणेश बानिया, रमेश पुर्जा, ठाकुर शर्मा, बाबुराम चोखाल र कृष्णबहादुर मल्लको अध्यक्षतामा बढीमा ३१ सदस्यीय वडा कमिटि गठन भएको छ ।

Bhautik ministry notice about road

धवलागिरी–३ मुनामा बिष्णु भण्डारी, ४ मुदीमा गणेश घर्ति र ७ ताकममा कलानिधी सुबेदीको अध्यक्षतामा वडा कमिटि गठन भएको छ । मालिका–१ निस्कोटमा यमबहादुर पुन, ३ डाडागाउँमा बलबहादुर बुढा, ४ ओखरबोटमा गोबिन्द कडेल, ६ दरबाङमा तारामान रोका र ७ बिममा टुकलाल पुन वडा कमिटि अध्यक्षमा चयन हुनुभएको छ ।

मंगला–१ कुहुँमा एकजित रोका, २ बाबियाचौरमा जिबन कार्की र ५ अर्मनमा कृष्णबहादुर छन्त्याल वडा कमिटि अध्यक्ष चयन हुनुभएको छ । रघुगंगा–२ भगवतिमा धु्रब सुबेदी, ३ पिप्लेमा सुमन पौडेल र ६ पाखापानीमा टुकलाल पुन वडा कमिटि अध्यक्ष निर्बाचित हुनुभएको छ । अन्नपूर्ण–१ दोबामा बिर्खबहादुर गर्बुजा र ६ घारमा भक्तबहादुर खड्काको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

बेनपा १ का टेकबहादुर थापा र ३ का गेमप्रसाद घर्ति वडा सदस्य, ४ का गोबिन्द्रप्रसाद पौडेल र धवलागिरी ७ का कलानिधी सुबेदी निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ । वडा र पालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब, दुई उपसचिब सहित वडामा बढीमा ३१ र पालिकामा ७५ सदस्यीय कमिटि बनाउने एमालेको बिधानमा उल्लेख छ ।

सबै कमिटिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको जिल्ला सचिब बालकृष्ण सुबेदीले बताउनुभयो । उहाँका अनुसार २०७४ मा म्याग्दीमा एमालेका एक हजार ६०७ जना संगठित सदस्य रहेकोमा नयाँ थपिएका सहित तीन हजार १०० सदस्य पुगेको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकामा एमालेका धेरै संगठित सदस्य छन् ।

अन्नपूर्ण गाउँपालिकाका बाहेकका म्याग्दीका ५ वटा स्थानीय तहमा निर्धारित मिती कात्तिक ९ गतेनै अधिवेशन गर्ने बिहिबार बेनीमा बसेको एमालेको जिल्ला सचिवालयको बैठकले निर्णय गरेको थियो । अध्यक्ष खड्ग गिरी बिरामी भएर काठमाडौको अस्पतालमा रहेकाले अन्नपूर्णको अधिवेशन मिति केही दिन पछि गर्ने निर्णय भएको एमाले नेताहरुले बताएका छन् ।

अधिवेशनका लागि एमालेका नेताहरु गाउँ पसेपछि राजनीतिक सरगर्मी बढेको छ । स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ । अधिवेशन गर्न केन्द्रिय, प्रदेश, जिल्ला र पालिका कमिटिका नेताहरुले जिम्मेवारी बाँडफाड गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...