बेनी–जोमसोम सडकमा सहज यातायात सञ्चालनका लागि सरोकारवालाको सक्रियता

Gandaki Pardesh notice

गलेश्वर । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा देखिएको जामको समस्या समाधानका लागि स्थानीय तहका जनप्रतिनिधी, प्रशासन र सुरक्षा निकायले सक्रियता देखाएका छन् ।

जिल्ला प्रशासन, प्रहरी, शसस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्म, बेनी–जोमसोम–कोरला सडक आयोजना, सम्बद्ध निर्माण ब्यवसायी, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र म्याग्दी उद्योग बाणिज्य संघका पदाधीकारीले मुस्ताङ घुम्न जाने र फर्कने पर्यटकलाई सहज आवत जावतको ब्यवस्था मिलाउने प्रयास गरेका हुन् ।

असोज ३१ देखि कात्तिक ३ गतेसम्म अबिरल बर्षातका कारण राहुघाट, रुप्से र काभ्रे भिरमा पहिरो खस्ने, सडक भासिने र हिलाम्मे भएर दुईतर्फी आवत जावत नहुँदा घण्टौ जाम भएर यात्रुले सास्ति पाएका थिए । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जोखिमयुक्त सडक मर्मत गरि नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाइएको बताउनुभयो ।

Shreekrishna hardwear in news

“राहुघाटको पहिरोमा शसस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा नेपाल प्रहरी समेतको उपस्थितिमा रातभर बसेर सवारी आवत जावत गर्ने काम गरिरहेका छौ । सडकमा हिलो जमेर जाम हुने समस्या हटाउन आयोजना र ठकेदारले उपकरण परिचालन गरेका छन,” उहाँले भन्नुभयो “काभ्रेमा सडक भासिएको र बादरजुङ भिरमा पनि बेनी–जोमसोम सडक आयोजना र ठेकेदारले उपकरण तयारी अवस्थामा राखेर फसेका गाडी तानेर गन्तब्यमा पठाउने काम गरिरहेका छन् ।”

निरन्तरको बर्षात, पहिरो, यात्रु तथा सवारी साधनको चाप, सिमित उपकरण र जनशक्तिका कारण चुनौति भएपनि बर्षात बन्द भएपछि आवत जावत सहज हुन थालेको प्रजिअ रानाले बताउनुभयो । प्रजिअ रानाको नेतृत्वमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइ, शसस्त्र प्रहरीको गलेश्वर आश्रित गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर गुरुङ, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, शर्मा–युनाइटेडको सहायक ठेकेदार ओमकार्यश्वरका इञ्जिनियर सुदिप दासको उपस्थितिमा शुक्रबार बिहान गलेश्वर र राहुघाट क्षेत्रको पहिरो ब्यवस्थापनको काम गर्न नियमित स्काभेटर र टिप्पर परिचालन गरेर माटो ब्यवस्थापन गर्ने, फसेका गाडी ट्याक्टरले निशूल्क तान्ने ब्यवस्था मिलाउने सहमति भएको थियो ।

Bhautik ministry notice about road

यसैगरी म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, नेपाल उद्योग बाणिज्य महासंघका पुर्ब उपाध्यक्ष प्रमोद श्रेष्ठ सहितको टोलीले पनि राहुघाटमा पुगेर प्रशासन, सुरक्षा निकाय, पालिका र आयोजनालाई सडकमा नियमित यातायात सञ्चालनको ब्यवस्था मिलाउन संस्थागत सहयोग गर्न तयार रहेको प्रतिवद्धता सहित ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सडकमा जाम हुने समस्याले यात्रु समयमा गन्तब्यमा पुग्न नसकेर दुख सास्ती पाएको, बिरामीले अस्पताल पुग्न हेलिकप्टर चार्टर गर्नुपरेको, ढुवानी भाडा महगिएको जस्ता समस्या देखिएका बिषयमा उद्योग बाणिज्य संघका टोलीले प्रशासनको ध्यानाकर्षण गराएका थिए ।


अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले काभ्रेमा सडक भासिएर साघुरिएको ठाउँमा यातायात ब्यवस्थापनका लागि दाना प्रहरी चौकीबाट त्यहाँ नियमित उपस्थितिका लागि गाउँपालिकाले ब्यवस्था मिलाउन प्रहरी कार्यालयसँग समन्वय गरेको बताउनुभयो ।

सामान्य अवस्थामा चार देखि पाँच घण्टा लाग्ने म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पार गर्न १० देखि १५ घण्टा लागेको छ । स्तरोन्नतिको क्रममा रहेको साँघुरा र हिलाम्मे सडकमा गाडी फसेपछि दुईतर्फी गाडी आवत जावत गर्न समस्या हुँदा यात्रु समयमा गन्तब्यमा पुग्न नसकेका हुन् ।

राहुघाट, चमेरे, महभीर, गुइठे, काभ्रे र बाँदरजुँगभीरमा सडक हिलाम्मे छ । दशै लगत्तै मुस्ताङ भ्रमणमा साना गाडी र मोटरसाइकलमा आउने यात्रुको दैनिक भीड लागेको छ । एकतर्फी यातायात सञ्चालन हुने पहिरोग्रस्त र जोखिमयुक्त ठाउँको सडकमा ठूला बस र फसेपछि ट्राफिक व्यवस्थापनमा भएको समस्या समाधानका लागि बेनी–जोमसोम–कोरला सडक आयोजनाका कर्मचारी, निर्माण ब्यवसायीका उपकरण र सुरक्षाकर्मी परिचालन भएका छन् ।

४ वटा प्याकेज बनाई नाली, ७ मिटर पिचसहित १० मिटर चौडा सडक निर्माण गर्न २ अर्ब ४९ करोड लागतमा बि.स. २०७४ शुरु भएको २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...