बेनीमा पार्किङ गरेर राखेको स्कुटर चोरी

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा सवारी साधन चोरीका घटना बढ्न थालेका छन् ।
बजारका घरअगाडी र बसपार्कमा पार्किङ गरेर राखेका सवारी साधन हराएका हुन् । कात्तिक ३ गते राती बेनी नगरपालिका–७ बालमन्दिरचोकबाट हराएको ध १ प ६६८४ नम्बरको स्कुटर अझै भेटिएको छैन् ।

पसल र डेरा अगाडीको सडकमा पार्किङ गरेर बेलुका राखेको स्कुटर बिहान नभएपछि खोजीका लागि बिहिबारनै प्रहरीमा निवेदन दिएको सवारी धनी सरस्वती चापागाईले बताउनुभयो । हराएको स्कुटर कालो, हरियो र सेतो रंगको यामाह कम्पनीको हो ।

यसअघि असोज महिनाको पहिलो हप्ता दरबाङ बसपार्कमा पार्किङ गरेर राखेको ट्याक्टर हराएको थियो । हराएको दुई दिनपछि मिलनचोकमा ट्याक्टर भेटिएको सवारी धनी शिव भट्टचनले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

त्यस घटनाको अघि र पछि पनि बेनीमा बिशेष गरेर ट्याक्टर हराउने क्रम रोकिएको छैन् । एक ठाउँमा रोकेर राखेको ट्याक्टर अन्यत्रै लगेर राखिएको अवस्थामा भेटिएको सवारी धनीहरुले बताएका छन् ।

प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बुधबार राती बेनीबाट हराएको स्कुटरको खोजीमा जिल्लाका चौकी, पोष्ट र छिमेकी जिल्लामा पनि खबर गरिएको बताउनुभयो । सवारी चोरीमा गिरोहनै संलग्न भएको हुन सक्ने भएकाले प्रहरीले निगरानी बढाएको छ ।

तर बेनी बजारको सुरक्षाका लागि जडान गरिएका सिसिटिभी क्यामेरा बिग्रिएकाले अनुसन्धानमा समस्या भएको प्रनाउ राइले बताउनुभयो । सवारी धनीहरु आफ्ना सवारी साधनलाई सुरक्षित ठाउँमा चाबी लगाएर राख्ने, अर्कोसँग नमिल्ने चाबी बनाउने तर्फ सचेत हुनुपर्ने देखिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...