वडा र पालिका अधिबेशनको तयारीमा एमाले

Gandaki Pardesh notice

बेनी । नेकपा एमाले म्याग्दी शनिबारदेखि हुने वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ ।

संघीयता कार्यान्वयन पछि पहिलो पटक सबै वडामा एकै दिन शनिबारदेखि अधिवेशन शुरु गर्न लागेको एमाले म्याग्दीले कात्तिक ९ गते पालिका अधिवेशन गर्न लागेको जनाएको छ ।

बेनीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले कात्तिक ६ देखि ८ गतेसम्म जिल्लाका सबै वडामा अधिवेशन गर्न केन्द्रिय, प्रदेश, जिल्ला र पालिका कमिटिका नेताहरुलाई जिम्मेवारी बाँडफाड गरिएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

वडा र पालिका स्तरमा सर्बसम्मत नेतृत्व चयन गर्न पहल भएको पनि उहाँले बताउनुभयो । पुर्वतयारीको कमी र केही दिनअघिको बर्षातका कारण ग्रामिण सडक अवरुद्ध भएकाले तीन दिन वडा अधिवेशन गर्ने समयतालिका बनाएको बताउनुभयो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकाका बाहेकका म्याग्दीका ५ वटा स्थानीय तहमा निर्धारित मिती कात्तिक ९ गतेनै अधिवेशन गर्ने बिहिबार बेनीमा बसेको एमालेको जिल्ला सचिवालयको बैठकले निर्णय गरेको छ । अध्यक्ष खड्ग गिरी बिरामी भएर काठमाडौको अस्पतालमा रहेकाले अन्नपूर्णको अधिवेशन मिति केही दिन पछि गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

वडा र पालिकामा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिब, दुई उपसचिब सहित वडामा बढीमा ३१ र पालिकामा ७५ सदस्यीय कमिटि बनाउने एमालेको बिधानमा उल्लेख छ । सबै कमिटिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

एमाले म्याग्दीका सचिब बालकृष्ण सुबेदीले २०७४ मा एक हजार ६०७ जना संगठित सदस्य रहेकोमा नयाँ थपिएका सहित तीन हजार १०० सदस्य कायम भएको बताउनुभयो । बेनी नगरपालिका र मंगला गाउँपालिकामा एमालेका धेरै संगठित सदस्य छन् ।

अधिवेशनका लागि एमालेका नेताहरु गाउँ पसेपछि राजनीतिक सरगर्मी बढेको छ । स्थानीय स्तरमा नेता तथा कार्यकर्ताहरुमा आगामी नेतृत्वको लागी बहस, छलफल सुरु भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...