बर्षात र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति

Sinchai Khanipani notice

बेनी । असोज ३१ देखि कात्तिक ३ गतेसम्म लगातार परेको बर्षातसँगको हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति गरेको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीले पानीले भिजाएर र हावाहुरीले बोट ढलाएर धानबालीमा क्षति पुगेको जनाएको छ । दुई सय हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीमा क्षति भएको प्रारम्भिक बिबरण संकलन भएको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ बागबानी बिकास अधिकृत किरण सिग्देलले बताउनुभयो ।

उपल्लो क्षेत्रमा भित्र्याउनलाई काटेर खेतमा सुकाएको स्थानीय जातको धान भिजेर नष्ट भएको छ । तल्लो क्षेत्रमा अग्ला बोट हुने पाक्ने क्रममा रहेको गौरीया, गुडुरा र पहेले जातका धानको बोट ढलेर क्षति भएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तीन हजार ८९० हेक्टर क्षेत्रफलमा धान खेती भएको म्याग्दीमा बार्षिक तेह् हजार ४८० मेट्रिक्टन धान उत्पादन हुन्छ । ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, ताकम, देबिस्थान, अर्मन, कुहुँ, घार लगायतका ठाउँमा लगाएको धानबालीमा क्षति पुगेको किसानले बताएका छन् ।

यस वर्ष बैशाख–जेठ महिनादेखिनै बर्षा भएकाले कृषकले समयमै धान रोपाइ गर्न पाएका थिए । नियमित बर्षा भएकाले सिचाई सहज भएको थियो । रोगकिराको समस्या नदेखिएपनि भित्र्याउदाको समय प्रतिकुल हुँदा कृषक चिन्तित भएका छन् ।

म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

यसैगरी एक हजार १३० हेक्टरमा भएको तरकारी मध्य ५७ र दुई हजार ७५० हेक्टरमा गरिएको कोदो मध्य ८३ हेक्टरमा क्षति पुगेको प्रारम्भिक बिबरण आएको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले बताउनुभयो । बर्षात र हावाहुरीले कति मात्रामा क्षति गरेको छ भन्ने पुर्ण बिबरण संकलनको क्रममा रहेको उहाँले बताउनुभयो । क्षतिको बिबरण संकलन गर्न कृषि ज्ञान केन्द्र र स्थानीय तहका प्राबिधिकहरुको टोली सोमबारदेखिनै परिचालन भएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...