सहकारीका प्रबन्धकहरु संगठित

Gandaki Pardesh notice

बेनी । सहकारीका कर्मचारीहरुलाई एकतावद्ध बनाउदै उनिहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लव (सिएमसी), म्याग्दी गठन भएको छ ।

Bhautik ministry notice about road

राष्ट्रिय सहकारी बैंकसँगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीका प्रबन्धकहरुको भेलाबाट क्लब गठन भएको हो । पश्चिम नेपाल साकेसका प्रबन्धक प्रेमलाल कडेल (सदन)को अध्यक्षतामा गठन भएको क्लवको उपाध्यक्षमा न्यु धवलागिरी साकोशका प्रबन्धक बसन्त श्रेष्ठ, सचिबमा लोकदिप साकोशका प्रबन्धक नेत्रराज सुबेदी, कोषाध्यक्षमा दिदिबहिनी साकोशका प्रबन्धक समिक्षा ढुङ्गाना र सहसचिबमा बेनी साकेशका प्रबन्धक सज्जन शाक्य चयन हुनुभएको छ ।

सदस्यहरुमा कस्तुरी सहकारीका लोकेश पुन, सौगातकी लक्ष्मी शर्मा, गोर्खा भुपु सैनिकका शिव खड्का र बिश्वामित्रकी सरस्वती बानिया चयन हुनुभएको सचिब नेत्रराज सुबेदीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...