पहिरोको जोखिममा रहेका एक परिवार स्थानान्तरण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको स्यालाबोटमा पहिरोको उच्च जोखिममा रहेका एक परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ ।

Bhautik ministry notice about road

स्थानीय सुर्यबहादुर खत्रीको घर आइतबारदेखिको बर्षातसँगै खहरेखोलामा आएको बाढीको कटानबाट उच्च जोखिममा परेपछि स्थानान्तरण गरिएको हो । छिमेकी लुकबहादुर खत्रीको गोठ मर्मत गरेर पाँच जना सदस्य रहेको सुर्यका परिवार र घरका सामान सारिएको स्थानीय तारा क्षेत्रीले जानकारी दिनुभयो ।

खहरेखोलाले कटान गरेर खत्रीको सुन्तला बगैचा, खेतबारी बगाएको छ । वडा अध्यक्ष भुपेन्द्र खत्रीसँग समन्वय गरेर जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिएको क्षेत्रीले बताउनुभयो । बस्न नमिल्ने भएपछि छानोमा राखिएको स्लेट, काठ, अन्नपात, लत्ताकपडा, भाडाकुडा पनि सारिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...