प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सन एनआरएनएको अध्यक्षको प्रत्यासी रबिनाको एजेन्डा

Gandaki Pardesh notice

बेनी । गैरआवासीय नेपाली संघ संघ (एनआरएन)को आशन्न दशौ महाधिवेशनमा अध्यक्षकी प्रत्यासी रबिना थापाले प्रवासीलाई मताधिकार र श्रमिकलाई पेन्सनको ब्यवस्था कार्यान्वयन गराउने एजेण्डा अघि सार्नुभएको छ ।

जन्मथलो म्याग्दीमा आउनुभएकी थापाले प्रवासी नेपालीका सन्तानलाई भाषा र संस्कृति हस्तान्तरण, हरियो राहदानी बाहक प्रवासीलाई मताधिकारको संबैधानिक अधिकार कार्यान्वयन र नेपाली श्रमिकको जिवन, स्वास्थ्य बिमा र पेन्सनको सुबिधा मुख्य एजेण्डा बनाएर उमेद्वारी घोषणा गरेको बताउनुभयो ।

“प्रवासमा हाम्रा सन्तानलाई नेपाली भाषा र संस्कृति हस्तान्तरण गरेर मातृभूमिसँगको दुरी घटाउन आवश्यक छ,” एनआरएनएको बाहलवाला उपाध्यक्ष समेत रहेकी रबिनाले भन्नुभयो “बिश्वभरका हरियो राहदानी बाहक नेपालीलाई मताधिकार र अन्य देशकालाई जस्तै नेपाली कामदारलाई पनि स्वास्थ्य, जिवन बिमा र पेन्सनको सुबिधा दिलाउने थप एजेण्डा हुन् ।”

Shreekrishna hardwear in news

बिश्व श्रमबजारमा इमानदारिता नेपालीको ब्राण्ड भएको उहाँले बताउनुभयो । यसपटक अमेरिकाले एनआरएनएको अध्यक्षमा पहिलो पटक दाबी गरेको छ । त्यो पनि महिलाबाट । यअसघि अस्टे«लियाकी जमुना घलेको प्रयास सफल भएको थिएन् । एनआरएनएको २० बर्षे इतिहाँसमा पहिलो पटक नेतृत्वमा महिलालाई पु¥याउन बिश्वभरका एनएरएनएहरुको आफुलाई साथ र सहयोग मिल्ने थापाको बिश्वास छ ।

सन २०१३ मा एनआरएनए अमेरिकाको सदस्य बनेकी रबिना २०१५ मा एनआरएनए अमेरिका र २०१९ मा अन्तराष्ट्रिय कार्यसमितिको उपाध्यक्षमा लोकप्रिय मत ल्याएर बिजयी हुनुभयो ।

Bhautik ministry notice about road

देवघाटमा बालबिधवा वृद्धाहरुको ब्यवस्थापन, सिन्धुपाल्चोकमा बिद्यालय भवन निर्माण, भूकम्पका बेला कास्कीको मास्टनामा अस्थायी बिद्यालय बनाउने, भारतले नेपाललाई नाकाबन्दी गर्दा अमेरिका स्थित भारतीय दुतावास अघि पुगेर दवाव दिने र कोरोना महामारीका कारण बिदेशमा समस्यामा परेका नेपालीको उद्दार देखि नेपालमा स्वास्थ्य सामग्री र उपकरण पठाउन अगुवाई गरेको थापाले बताउनुभयो ।

अमेरिकाको चर्चित बाना संस्थाको नेतृत्व गरेकी थापाले नेपाल भ्रमण वर्ष २०११ सफल पार्न तत्कालीन अमेरिकाका लागि नेपालका राजदुत शंकर शर्मासँग समन्वय गरेर अमेरिकामा भब्य कार्यक्रम गर्नुभएको थियो । उहाँले अमेरिकामा नेपाली भाषा संरक्षण, बिजनेश र इमिग्रेसन सम्बन्धी सचेतनामुलक कार्यक्रम शुरु गर्नुभएको थियो ।

पोखराका नारायण थापासँग बिवाह गर्नुभएकी थापाले अमेरिकाकाको मेरिल्याड राज्यमा लुम्बीनी रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ । अमेरिकामा उहाँले रियलस्टेट ब्यवसायमा पनि लगानी गर्नुभएको छ । सन १९९० मा ब्यवसायिक भिषामा जापान गएर त्यहाँ रेष्टुरेन्ट र आयात निर्यात ब्यवसाय गर्नुभएकी थापाले १९९६ मा विश्वमै पहिलो पटक प्रवासमा जापानमा तिज पर्वको अवसरमा कार्यक्रम गर्नुभएको थियो । उहाँले जापानबाट नेपालमा सेकेण्ड हेण्ड गाडी आयात गर्ने ब्यवसाय गर्नुहुन्थ्यो ।

जापान र अमेरिकामा नेपाली जनसम्पर्क समितिको संस्थापक भएर सामाजिक क्षेत्रमा पाइला अघि बढाउनुभएको थियो । अमेरिकामा अहिले पनि थापाले नेपाली सामग्रीको बजारीकरण सम्बन्धी ब्यवसायका साथै प्रचारप्रसार गर्नुहुन्छ । सन २००२ मा जापानबाट ब्यवसायको शिलशिलामा अमेरिका पुगेकी थापाका दुई छोरा छन् ।

अमेरिकाको सहयोग नेपालमा भित्र्याउन, अमेरिका र नेपालको सम्बन्ध थप सुमधुर बनाउन एनआरएनएमा महिलाको रुपमा आफ्नो नेतृत्व आवश्यक रहेको रबीनाले बताउनुभयो । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङमा जन्मनुभएकी रबिना कक्षा ४ सम्म दरबाङको जनप्रिय माबीमा पढ्नुभएको थियो । १२ वर्षको हुदा उहाँ दरबाङबाट हिडेर बेनी पोखरा हुदै काठमाडौ छिरेको सम्झनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...