घाँसामा एमालेको वडा भेला

Gandaki Ghumau

घाँसा । मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा बुधबार नेकपा एमालेको वडा भेला सम्पन्न भएको छ ।

घाँसा, देउराली र पहिरोथाप्लाका एमालेका १५० जना नेता कार्यकर्ता सहभागि भेलाले अपेक्षा रन्तिजाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा साबित्रा गौचन, सचिबमा दिपा श्रेष्ठ, उपसचिबमा सुवास गौचन र काजिमान बिक, आर्थिक बिभाग प्रमुखमा जगबहादुर बिक चयन हुनुभएको छ ।

Gunasthariya Shiksya

एमाले थासाङ गाउँपालिका कमिटिका अध्यक्ष नबिन भट्टचनको अध्यक्षता र युवा संघका स्थायी कमिटि सदस्य सम्राट गौचनको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद चन्दमोहन गौचनको प्रमुख आतिथ्यता, प्रदेश कमिटि सदस्य तथा प्रतिनिधीसभा सदस्य प्रेमप्रसाद तुलाचनको बिशिष्ट आतिथ्यतामा भेला भएको थियो ।

Shreekrishna

सो भेलामा बिभिन्न पार्टीबाट दश जना एमालेमा प्रवेश गरेका वडा अध्यक्ष बिशाल शेरचनले बताउनुभयो । भेलामा प्रतिनिधिसभा सदस्य तुलाचनले मुस्ताङका जनताको समस्या समाधान र बिकास आयोजनाका लागि प्राथमिकताका साथ लागि परेको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...