पुर्णगाउँमा बिद्यालय भवन भत्कियो

Gandaki Ghumau

बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ पुर्णगाउँमा रहेको राष्ट्रिय जनजागृति माविको भवन भत्किएको छ ।

आइतबार देखिको निरन्तरको बर्षातका कारण तीन कोठे कच्चि भवन मंगलबार भत्किएको हो । कक्षा ६, ७ र ८ का बिद्यार्थी बसेर पढ्ने तीन कोठे ढुङ्गा, माटो र काठले बनाइएको भवन भत्किएको प्रधानाध्यापक टेकबहादुर राम्जालीले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

“तीन वटा कक्षा कोठा भवन र त्यसको छानोमा राखिएको १४ वटा सोलार प्यानल पुर्ण रुपमा क्षति भएको छ,” उहाँले भन्नुभयो “तल्लो तहका दुई वटा कक्षाका बिद्यार्थीलाई एउटै कोठामा राखेर बहुकक्षा अध्यापन बिधी अपनाएर भत्किएका कोठामा बस्दै आएका बिद्यार्थीलाई पठनपाठनको ब्यवस्था मिलाउनुपर्ने भएको छ ।”

Shreekrishna

करिब बीस बर्ष पुरानो भवनमा पानी चुहिएर काठ भाँचिएपछि भत्किएको बताइएको छ । धुरीबलो र डाडा कुहिएर छानोको ढुङ्गाको भार थाम्न नसकेपछि भत्किएको हो । कक्षा १० सम्मको पठनपाठन हुने सो बिद्यालयमा हाल १८७ जना बिद्यार्थी अध्ययनरत छन् । एक तले पक्कि भवनमा तला थपेर तीन वटा बनाउन पहल गरिने प्रअ राम्जालीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...