बेनीमा मोनाको चौथो महाधिवेशन शुरु

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को मंगलबारदेखि बेनीमा चौथो महाधिवेशनको शुरु भएको छ ।

दुई दिनसम्म सञ्चालन हुने महाधिवेशन भौतिक उपस्थिति र भर्चुअल दुबै माध्यमबाट सञ्चालन गरिएको हो । २० देशका २६१ जना प्रतिनिधीहरुले सहभागिता जनाएको अधिवेशनले आगामी दुई वर्षका लागि मोनाको नयाँ नेतृत्व समेत चयन गर्नेछ् ।

अधिवेशनको अवसरमा बेनीमा जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको पहिचान झल्कने झाकी सहितको ¥यालीले बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभाहलमा पुगेर औपचारिक कार्यक्रम शुरु भएको छ ।

Shreekrishna hardwear in news

प्रतिनिधीसभा सदस्य भुपेन्द्रबहादुर थापाले उद्घाटन गर्नुहुने अधिवेशनमा राजनीतिकर्मी, स्थानीय तहका जनप्रतिनिधी, निजी क्षेत्र, संघ संस्थाका प्रतिनिधीहरुले शुभकामना दिने कार्यक्रम छ ।

Bhautik ministry notice about road

उद्घाटन शत्र सकिएपछि हुने बन्दसत्रमा प्रगति, सांगठिनिक र आर्थिक प्रतिवेदनमाथी छलफल हुने कार्यतालिका छ । प्रतिवेदनको बिषयमा छलफल गरेर पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ ।

महाधिवेशनमा कलाकार कुमार पुन र नेशन पुनको प्रस्तुति रहेनछ । मोनाको आगामी कार्यकालको अध्यक्षका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिब बिक्रम कार्कीले उमेद्वारी दर्ता गर्नुभएको छ ।

मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले आफ्नो नेतृत्वको कार्यकालमा कोरोना महामारी नियन्त्रणमा जिल्लामा स्वास्थ्य सामग्री सहयोग, पहिरो पिडितको ४० वटा घर निर्माण र प्रवासमा समस्यामा परेका म्याग्देलीहरुको उद्धारमा केन्द्रित भएको बताउनुभयो ।

पेशा, ब्यवसाय, अध्ययन र ब्यापारको शिलशिलामा बिश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरु आवद्ध मोनाले म्याग्दीको सामाजिक, शिक्षा, स्वास्थ्य क्षेत्रमा सघाउदै आएका छन् । लगानी भित्र्याएर रोजगारी सिर्जनामा केन्द्रित हुने कार्यक्रम अघि बढाउने अध्यक्ष जुग्जालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...