बर्षाले म्याग्दीमा धानबालीमा क्षति

Gandaki Pardesh notice

बेनी । आइतबारदेखिको वर्षाले म्याग्दीका खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेको छ ।

कृषकहरु चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेको छ । भित्र्याउने समयमा पानीले क्षति पु¥याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको कृषकले दुखेसो गरेका छन् ।

धानको बोट ठाडो एउटा पनि छैन । सबै सोत्तर भएको छ । खेतैभरि पानी भरिएको छ । काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिए पछि अब वर्षभरि के खाने भन्ने चिन्ताले कृषक पिरोलिएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

म्याग्दीको ज्यामरुककोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, ताकम, देबिस्थान, अर्मन, कुहुँ, घार लगायतका ठाउँमा लगाएको क्षति पुगेको किसानले बताएका छन् । पानी परेसँगै जाडो बढेको छ ।

म्याग्दीको तीन हजार ९२५ हेक्टर क्षेत्रफलमा धान खेती भएको छ । वार्षिक १३ हजार ६२६ मेट्रिक्टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यस वर्ष बैशाख–जेठ महिनादेखिनै बर्षा भएकाले कृषकले समयमै धान रोपाइ गर्न पाएका थिए ।

नियमित बर्षा भएकाले सिचाई सहज भएको थियो । रोगकिराको समस्या नदेखिएपनि भित्र्याउदाको समय प्रतिकुल हुँदा कृषक चिन्तित भएका छन् । म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...