बेनी–दरबाङ लगायतका सडक अवरुद्ध, बर्षातले धानबालीमा क्षति

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । आइतबार रातिदेखिको बर्षातका कारण म्याग्दीको बेनी–दरबाङ लगायत ग्रामिण क्षेत्रलाई सदरमुकाम बेनीसँग जोड्ने सडक अवरुद्ध भएका छन् ।

सडक अवरुद्ध हुँदा दशैमा आफन्तकहाँ टिका थाप्न जाने र घर फर्कने सर्वसाधारणलाई गन्तब्यमा पुग्न समस्या भएको छ । साथै काम बिषेशले हिडेकाहरु पनि गन्तब्यमा पुग्न नसकेर समस्यामा परेका छन् ।

धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक मालिकाको बाङ्गेपहिरो र बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतको घुमाउनेमा खसेको पहिरोका कारण अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Shreekrishna
बांगेपहिरोमा खसेको पहिरो । तस्बिर इश्वर सुबेदी
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको काभ्रे खण्डमा समस्या देखिएपनि मर्मत गर्दै गाडी आवत जावत गर्ने ब्यवस्था मिलाइएको बताउनुभयो ।

बर्खातसँगैको पहिरोले अन्य ग्रामिण शाखा सडकहरुको यातायात सेवा पनि प्रभावित बनेको छ । मालिकाको केन्द्र दरबाङ देखि धवलागिरीको मुना जोड्ने सडक थापाचौरको भिरबाट खसेको पहिरोले अवरुद्ध बनेको छ ।

बर्खातका कारण भित्र्याउने बेला भएको धानबालीमा क्षति पुगेको छ । कृषकहरुले काटेर सुकाएको धान पानीले भिजेको छ । यसैगरी हुरीले धानका बोट ढलाएर क्षति गरेको कृषकहरुले बताएका छन् ।

म्याग्दीको ताकम, मुना, देबिस्थान, घतान, कुहुँ, बिम, पर्वतको लेकफाँट क्षेत्रका कृषकहरुले दशै लगत्तै मुख्यबाली धान भित्र्याउने तयारी गरेका थिए ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...