महभिरमा मोटरेबल पुल निर्माण

Gandaki Pardesh notice

बेनी । अन्तरदेशीय ब्यापारिक महत्वको बेनी–जोमसोम–जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभिर स्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहज रुपमा सवारी आवत जावतको ब्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालय अन्तरगत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्का मार्फत पक्कि मोटरेबल पुल निर्माण गरेको हो ।

महभिर र पोखरबगर स्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि बि.स. २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु. १९ करोडमा ठेक्का सम्भौता गरेको थियो । ८० मिटर लामो महभिरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडा अध्यक्ष गमप्रसाद फगामीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

“पुल र पहुँचमार्ग निर्माण सकिएको छ,” उहाँले भन्नुभयो “हस्तान्तरण भएपछि औपचारिक रुपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।” ११ मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाईन र निर्माण गर्ने सम्झौता भएको थियो ।

दुई वर्षको ठेक्का अवधी भएपनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष ढकेलिएको हो । कोरोना महामारी र बाढी पहिरो जस्ता प्राकृतिक बिपद्का बावजुद सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधीले बताएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर देखि वडा नम्बर –२ को सिमाना स्थित कालीगण्डकी नदीमा पनी पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७० मिटर लामो पोखरेबगरको पुलको रंगरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रुप दिन बाँकी छ । वि.स. २०६४ मा ट्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारी साधन वारपार गर्दै आएका छन् ।

Bhautik ministry notice about road

बेनी–जोमसोम सडक अन्तरगतनै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाईको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रु. आठ करोड ४७ लाख ४२ हजार ३२० को लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देबेन्द्र कटुवालले बताउनुभयो ।

पुलको वारी र पारी ५०० मिटरको पहुँच मार्ग र तल माथि दुईतर्फ २६० मिटर लम्बाईमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्बजनिक सुनुवाईमा जानकारी गराइएको थियो ।

भारत र चिन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दुरीको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको बेनी देखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दुरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्रे र स्तरोन्नतीको काम भैरहेको छ ।

रु. छ अर्बको लागतमा बेनी देखि जोमसोम सम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोम देखि कोरला सम्मको ११० किलोमिटर सडक स्तरोन्नती गर्न सात वटा खण्डमा काम भैरहेको छ । चार वटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादबले बताउनुभयो ।

सो सडक स्तरोन्नती र कालोपत्रे भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत, पर्यटन र ब्यापारमा महत्वपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य बिनोद केसीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...