मोनाको नेतृत्वका लागि पुर्जा, छन्त्याल र कार्कीको उमेद्वारी

Gandaki Pardesh notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तराष्ट्रिय कार्यसमितिको चौथो महाधिवेशनबाट चयन हुने अध्यक्ष पदका लागि तीन जनाको उमेद्वारी परेको छ ।

कात्तिक २ र ३ गते बेनीमा हुने महाधिवेशनबाट चयन हुने कार्यसमितिको अध्यक्षका लागि बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष मिम पुर्जा, उपाध्यक्ष अमर छन्त्याल र महासचिब बिक्रम कार्कीले उमेद्वारी दर्ता गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

पुर्जा नेदरल्याड, छन्त्याल अमेरिका र कार्की कतारबाट प्रतिनिधित्व गर्नुहुन्छ । निर्वाचन मण्डलका संयोजक सुवाष श्रेष्ठका अनुसार बरिष्ठ उपाध्यक्षमा दधिवल खड्काको उम्मेदवारी दर्ता भएको छ ।

Shreekrishna hardwear in news

महासचिव पदका लागि हरि राम्जालीको उम्मेदवारी परेको छ । सचिवमा रमेश पौडेल, विष्णुप्रसाद बरुवाल, प्रवक्तामा हिक्मत श्रेष्ठको उम्मेदवारी परेको छ । समितिमा तिनजना उपाध्यक्ष रहेकोमा कसैको पनि उम्मेदवारी परेको छैन । यसैगरी कोषाध्यक्ष र सह कोषाध्यक्ष पदमा पनि कसैले उम्मेदवारी दर्ता गराएका छैनन् ।

Bhautik ministry notice about road

महिला संयोजकमा अनुषा थापा, महिला उपाध्यक्ष पुर्णीमा पाइजा, मध्यपूर्व क्षेत्रीय संयोजकमा तिलक पुन मगर, एसिया संयोजक दिपक कार्की, मध्यपूर्व उपसंयोजक दिपक छन्त्याल र महिला उप संयोजक विष्णु बानियाँको उम्मेदवारी परेको निर्वाचन मण्डका संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।

क्षेत्रीय संयोजकहरु पदमा पनि कसैको उम्मेदवारी नपरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । आवश्यक संख्यामा उम्मेदवारी नपरेकाले समिति सँग छलफल गरेर पुरानोलाई कायम राखी अर्को निर्वाचन तालिका प्रकाशित गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।

मोनामा अध्यक्ष १ वरिष्ठ उपाध्यक्ष १ जना उपाध्यक्ष तिन जना, महिला उपाध्यक्ष १ जना, महसचिव १, सचिव २, प्रवक्ता १, कोषाध्यक्ष १, सहकोषाध्यक्ष १, महिला संयोजक १, महिला उपसंयोजक १, क्षेत्रीय संयोजक र उपसंयोजक ५÷५ जना रहने व्यवस्था छ । सदस्यहरुमा प्रत्येक देशमा रहेका मोनाका समितिले एक एकजना सदस्यहरु पठाउने व्यवस्था छ ।

कोरोना महामारीको जोखिमका कारण कतिपय देशमा रहेका मोनाका शाखा मार्फत प्रतिनिधिहरु आउन सम्भव नभएपछि भौतिक र भर्चुअल सहभागीता जनाउन पाउने गरि प्रवन्ध मिलाईएको अध्यक्ष ओमनारायण जुग्जालीले बताउनुभयो ।

महाधिवेशनमा २६१ जनाले सहभागीता जनाउने महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । मोनाको बेनी स्थित सचिबालयमा समितिका पदाधिकारीहरु आएर विभिन्न संघ संस्था र व्यक्तिहरुसंग महाधिवेशनको औपचारिक कार्यक्रमलाई सफल बनाउने सम्बन्धमा आबश्यक छलफलमा गरेका छन् । उपसमितिहरु मार्फत तयारी तीव्र पारिएको र प्रतिनिधिहरु प्रवासबाट स्वदेश आइसकेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...