तीन लाख तिरेर भगवतिमा रागोको मार हानियो !

Gandaki Ghumau

बेनी : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोतमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्।

ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ।

यस वर्ष बढीबढाउ गर्दा सबैभन्दा बढी कबोलेका बयरी डिलका आर्यन खड्काले सरकारी राँगो मार हानेका भगवती कोत पूजा व्यवस्थाप समितिका अध्यक्ष देबेन्द्रबहादुर मल्लले बताए। 

Shreekrishna

स्थानीयबासी समेत रहेका गण्डकी प्रदेश सांसद् विनोद केसी, जिल्ला समन्वय समिति प्रमुख देबेन्द्र केसी, वडा अध्यक्ष रिम कटुवाल लगायत अगुवाहरुको उपस्थितिमा सरकारी राँगो मार हान्ने इच्छुकहरुबीच अष्टमीको साँझ बढीबढाउ गर्न लगाइएको थियो। 

‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन्,’ पूजा व्यवस्थापन समितिका अध्यक्ष मल्लले भने, ‘बढीबढाउका क्रममा सरकारी मार हान्ने रकम बढ्दै गएको छ।’ 

Gunasthariya Shiksya

खड्काले अष्टमीकै साँझ रकम बुझाएर नवमीका दिन मार हानेका थिए। उनलाई गाउँलेले टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मार हानेका थिए। 

मार हान्नेले तिर्ने रकम पूजा व्यवस्थापनमा खर्च गरेर बचेमा कोषमा राख्ने गरिएको छ। म्याग्दीको प्रमुख शक्तिपीठ भगवती कोतमा मार हान्नेलाई स्थानीयले प्रतिष्ठित मान्ने गर्छन्। 

युवाहरुले आफ्नो पहिचान बनाउन र समाजमा स्थापित हुनका लागि भगवती कोतको सरकारी मार हान्न लाखौँ तिर्न तयार भएका हुन्। मार हान्ने व्यक्तिको मनोकाक्षा समेत पुरा हुने जनविश्वास छ। 

कोरोना भाइरसको महामारीका कारण २०७७ को बडादसैंमा औपचारिक पुजाआजा गरिएको भगवती कोतमा यस वर्षको दसैँमा भक्तजनको भीड लागेको थियो। पुरातत्व विभागले हालै ६९ लाख रुपैयाँ खर्चेर भगवती कोतको पुननिर्माण गरेको थियो। 

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...