ताकमकोतमा भक्तजनको भिड, छेलो प्रतियोगितामा निस्कोटका याम बिजयी

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

ताकम । बडादशै अन्तरगत बिहिबार रामनवमी पर्वको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका ७ स्थित ताकमकोतमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको छ ।

ऐतिहाँसिक ताकमकोतमा पुजाआजाका लागि धवलागिरी, मालिका गाउँपालिकाका साथै काठमाडौ, पोखरा, चितवन लगायतका ठाउँबाट आएका भक्तजनको भिड लागेको हो । ताकमकोतमा पुजाआजा र भाकल गर्नेहरुको भिड लागेको वडा अध्यक्ष कलानिधी शर्माले बताउनुभयो । पाँच हजार जना भक्तजन आएका उहाँले बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना
Shreekrishna

यसैगरी ताकमकोतमा आयोजित छेलो फाल्ने प्रतियोगितामा मालिका गाउँपालिका १ निस्कोटका ३९ वर्षीय याम परियार बिजयी हुनुभएको छ । २२ जना सहभागी मध्य आठ दशमलब पाँच किलोग्राम तौल भएको फलामको छेलो सबैभन्दा टाढा फालेर परियार बिजयी हुनुभएको हो । ताकमकोतमा रामनवमी पर्वको अवसरमा पहलमान पहिचानका लागि छेलो फाल्ने प्रयोगिता हुने गर्छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...