रघुगंगाको बहुउद्देश्यीय भवन तयार हुदै

Sinchai Khanipani notice

मौवाफाँट । म्याग्दीको रघुगंगा गाउँपालिको बहुउद्देश्यीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन निर्माण भएको हो । दुई तले भवन निर्माणको काम अन्तिम चरणमा पुगेको इञ्जिनियर सुदिप गौतमले जानकारी दिनुभयो ।

रु. एक करोड १० लाख लागत अनुमान गरिएको सभाहल निर्माणका लागि हिमालयन बिल्डर्सले गत फागुनमा रु. ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३४ फिट चौडाई र ४४ फिट लम्बाई भएको तीन तले भवनको भुई तलामा पाँच वटा कोठा छन् । ठेक्कामा बचेको रु. २५ लाख बजेटले सभाहलको चौडाई बढाएर उपभोक्ता समिति मार्फत प्रत्येक तलामा दुई÷दुई वटा कोठा थप गरिएको छ ।

Shreekrishna hardwear in news

उपभोक्ता समितिसँग भएको सम्झौता अनुसारको काम सकिएको छ । निर्माण ब्यवसायीले रंगरोगन, ¥यालमा सिसा राखने र बिद्युत जडान बाहेकका काम सकेका छन् । सभाहल रहेको पहिलो तलामा कोठा बिभाजन गरेर तिहार लगत्तै कार्यालय सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताउनुभयो ।

Bhautik ministry notice about road

अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, प्राबिधिक र लेखा शाखालाई नयाँ भवनमा सार्ने योजना छ । गत असार महिनाभित्रनै भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । कोरोनाको जोखिम र निषेधाज्ञाका कारण थपिएको समय भित्रै भवन निर्माण सकिन लागेको हो ।

भवनको माथिल्लो तलामा सभाहल बनाउन यस बर्ष बिनियोजन भएको बजेटबाट ठेक्का आव्हान गर्ने तयारी भएको छ । हाल गाउँपालिकाको कार्यालय मासिक रु. ७५ हजार भाडा तिरेर मौवाफाँट स्थित चार वटा निजी घरबाट सञ्चालन गरिएको छ ।

मौवाफाँटमा समुदायबाट प्राप्त भएको जग्गा ब्यवस्थापन गरेर पहिलो पटक गाउँपालिकाको पूर्बाधार निर्माण गरेको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले २५ रोपनी जग्गा ब्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको बताउनुभयो ।

“आठ रोपनी जग्गा गाउँपालिकालाई निशूल्क दिनुभएको हो,” उहाँले भन्नुभयो “३२ जना जग्गाधनीको सहमति लिएर चार वर्षदेखि जग्गा ब्यवस्थापनको काम सुरु गरेका थियौ ।” जग्गा ब्यवस्थापन र बिकास गर्न रु. जग्गा व्यवस्थापनमा १ कराेड ४६ लाख खर्च भएको छ ।

धेरै जनाको थोरै–थोरै जग्गालाई एकिकृत र चक्लाबन्दी गरेर वरपर आठ मिटर फराकिलो सडक बनाइएको छ । माथिल्लो र तल्लो भागको जग्गा सम्बन्धित जग्गाधनीलाई फिर्ता गरिएको छ । बिचको जग्गा गाउँपालिकालाई उपलब्ध गराएका छन् । जग्गा ब्यवस्थापनका लागि मौवाफाँटका हरिप्रसाद सुबेदीको नेतृत्वमा उपभोक्ता समिति बनाइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...