राहुघाटको सुरुङ र बाँध निर्माण चार महिनापछि सूचारु

Gandaki Pardesh notice

बेनी । सरकारी स्वामित्वको नेपाल बिद्युत प्राधिकरणद्धारा सञ्चालित म्याग्दीको राहुघाट जलबिद्युत आयोजनाको बाँध निर्माण कार्य करिब चार महिनापछि सूचारु भएको छ ।

रघुगंगा गाउँपालिका–४ बुग्लको पहिरोका कारण मजदुर, यातायात र ढुवानीका साधन आवत–जावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महिनादेखि रोकिएको थियो ।

पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण कार्य सूचारु भएको आयोजनाको प्रर्बद्धक रघुगंगा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताउनुभयो । “करिब चार महिनापछि निर्माण कार्य पुरानै लयमा फर्किएको छ,” उहाँले भन्नुभयो “दशै लगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएका छौ ।”

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

अधेरीखोलाको अडिट २ पुग्ने पहुँचमार्ग मर्मत गरेर गत भदौ देखि दुई तर्फ सुरुङ निर्माण सूचारु गराइएको थियो । भारतीय सिभिल ठेकेदार जयप्रकाश एसोसियट्स (जेपी)ले बाँधमा जग्गा ब्यवस्थापनसँगै १ नम्बरको अडितबाट सुरुङ खन्ने तयारी गरेको छ ।

बुग्लको पहिरोले तुदी हाइड्रोपावरद्धारा सञ्चालित ४८ मेगावाटको अपर राहुघाट जलबिद्युत आयोजनाको बिद्युतगृह निर्माण पनि रोकिएको थियो । राहुघाट जलबिद्युत आयोजनाका ब्यवस्थापक राज बिष्टले बर्खा याममा प्रतिकुल मौसम र पहिरोका कारण प्रभाबित भएको निर्माण कार्य लयमा फर्किएको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणको शत प्रतिशत शेयर लगानीमा वि.स. २०७३ मा स्थापना भएको रघुगंगा हाइड्रोपावर लिमिटेडसँग बि.स. २०७४ मंसिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चार वटै अडित (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग) को ब्रेक थ्रु गरेको छ ।

भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा बिद्युत प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा निर्माण गर्न लागिएको यस आयोजनाको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ ।

ठेकेदार कम्पनीले पर्याप्त मात्रामा मजदुर, उपकरण परिचालन गर्न र निर्माण सामग्री तथा उपकरण जुटाउन नसक्दा राहुघाट निर्माणमा ढिलासुस्ति भएको आयोजना प्रभावित क्षेत्रमा पर्ने रघुगंगा गाउँपालिका–३ का अध्यक्ष जिबनकुमार मल्लले बताउनुभयो । ४५ महिनाको म्याद सकिएपछि प्राकृतिक बिपद र कोरोना (भाइरस)को महामारीलाई कारण देखाएर एक वर्ष म्याद थप गर्न प्रस्ताव गरेको छ ।
इलेक्ट्रोमेकानीकल तर्फ २०७६ कार्तिक महिनामा सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)सँग सम्झौता भएको थियो । बेनी–जोमसोम सडकको छेउमा पर्ने रघुगंगा गाउँपालिका वडा न. ३ को तिल्केनीचौरमा बिद्यूतगृह निर्माणका लागि प्रारम्भिक चरणको काम गरेको छ ।
पावरहाउस देखि दग्नाम र झिँको सिमानामा पर्ने बाँध सम्म ११ किलोमिटर पहुँचमार्ग निर्माण गरेको छ । बुग्ल स्थित रघुगंगा नदीमाथि ४० मिटर लामो ट्रस प्रबिधिको मोटर चल्ने पुल निर्माण गरेको छ । छ किलोमिटर २०० मिटर लामो सुरुङ मध्य हालसम्म एक हजार ७८० मिटर निर्माण सकिएको छ ।
पिप्लेमा ६१ मिटर गहिरो सर्च साफ्ट र सुरुङको ब्रेक थ्रु भएको छ । अर्धजलाशययुक्त (पिआरओआर) प्रबिधिको बाँध रहने यस आयोजनाले सन २०२३ को जनवरी ३१ देखि वार्षिक चौबिस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य सहित २०७५ चैतमा विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।
सिभिल ठेकेदार जेपीले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो । एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानीकल ठेक्का सम्झौता गरेको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल)ले पनि प्रारम्भिक चरणको काम गरि हाल विस्तृत डिजाइङको कार्यलाई अन्तिम चरणमा पु¥याएको छ ।
राहुघाटबाट उत्पादन हुने बिद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रशारण लाइनमा जोड्न लुप इन लुप आउट (लिलो)को चार वटा टावर तयार भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...