प्रदेश सरकारबाट छ वटा योजनाका लागि रु. एक करोड ४० लाख बिनियोजन

Gandaki Ghumau

बेनी । गण्डकी प्रदेश सरकारले म्याग्दीको प्रदेश क्षेत्र (ख) का थप छ वटा योजनाका लागि थप रु. एक करोड ४० लाख बजेट बिनियोजन गरेको छ ।

Gunasthariya Shiksya

भौतिक पुर्बाधार मन्त्रालय मार्फत कार्यान्वयन हुने गरि आर्थिक मामिला तथा योजना मन्त्रालयले मंगला, मालिका र धवलागिरी गाउँपालिकाका ५ वटा सडक र एक वटा नदी नियन्त्रण योजनालाई सो बजेट बिनियोजन गरेको हो ।

क्रमागत योजनामा बजेट कटौति भएपछि नेकपा माओवादी केन्द्र म्याग्दीका इञ्चार्ज गोबिन्द पौडेल, जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेशसभा सदस्य बिनोद केसी सहित जनप्रतिनिधी र नेताहरुको टोलीले गत साउन १४ गते भौतिक पुर्बाधार मन्त्री कुमार खड्का र आर्थिक मामिला तथा योजना मन्त्री राम्जी बराललाई भेटेर ध्यानाकर्षण सहित प्रस्ताव गर्नुभएको थियो ।
माओवादी केन्द्र म्याग्दीका संयोजक जुग्जालीका अनुसार लुलाङ–गुर्जा सडकलाई रु. तीस लाख, दरबाङ–डाडागाउँ सोले तमान सडकलाई रु. पच्चिस लाख, चिउरीबोट–सिस्नेरी सडकलाई रु. २५ लाख, रणवाङ–दरुङ–हिदी सडकलाई रु. बीस लाख, पखेर–बरंजा हुदै ताराखोला जोड्ने सडकलाई रु. बीस लाख र दरबाङ बजार संरक्षणका लाग रु. बीस लाख बिनियोजन भएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...