म्याग्दीका कोतघरमा पनि फुलपाति भित्र्याइयो

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा रहेका कोतघरहरुमा नवरात्रीको सातौ दिन मंगलबार फुलपाति भित्र्याइएको छ । बेनी, भगवति, ताकम, ज्यामरुककोट, ढालथान लगायतका ठाउँमा रहेका कोतघरहरुमा धार्मिक बिधी अनुसार फुलपाति भित्र्याइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने चलन छ ।

Bhautik ministry notice about road

बेनीको कोतघरमा बाजागाजा सहित फुलापतिलाई बजार परिक्रमा गराएर भित्र्याइएको थियो । नौमति बाजाको साथै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली समेत फुलपाति भित्र्याउने कार्यमा सहभागि थिए ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ लगायत जनप्रतिनिधी र सुरक्षाअधिकारीहरुको उपस्थितिमा कोतघरमा फुलापाति भित्र्याइएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...