प्रशासकीय अधिकृत सुबेदीमाथी भएको आक्रमणको चौतर्फि बिरोध

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीमाथी भएको आक्रमणको चौतर्फी बिरोध र आलोचना भएको छ ।

आइतबार दिउँसो साढे १२ बजे कार्यकक्षमा पसेका चार जना पुरुषको समुहले अधिकृत सुबेदीलाई कालो तरल पदार्थ मोबिल प्रहार गरेर दुरब्यवहार र आक्रमण गरेका थिए ।

विभिन्न विभिन्न क्षेत्रबाट सोमबार बिज्ञप्ति प्रकाशन गरेर घटनाको निन्दा, भत्र्सना र संलग्नको पहिचान गरि कानुनी कारबाही गर्न माग गरिएको छ । कर्मचारीहरुले घटनाले निराश बनाएको र काम गर्ने वातावरण नभएको बताएका छन् ।

Shreekrishna hardwear in news

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेल, मालिकाका बिष्णुप्रसाद पौडेल, मंगलाका मनोहर ढुङ्गाना, धवलागिरीका गोपाल शर्मा र रघुगंगाका अमृत सुबेदीले संयुक्त बिक्षप्ति जारी गरेर सुरक्षाको प्रत्याभुति दिलाएर काम गर्ने वातावरण बनाउन माग गर्नुभएको छ ।

यसैगरी निजामति कर्मचारीहरुको आधिकारिक टे«ड युनियनका सचिब सुभाष रेग्मीले पनि सोमबार एक बिक्षप्ति जारी गरेर घटनाको भत्र्सना, बिरोध र दोषीलाई कारबाही गरेर कर्मचारीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनाउन माग गर्नुभएको छ ।

नगरपालिकाका कर्मचारीहरुको तर्फबाट पनि संयुक्त बिक्षप्ति जारी गरेर दोषीलाई कारबाहीको माग गरेका छन् । आक्रमणकारी मध्य पक्राउ परेका मुगुका १८ वर्षीय बिजय बिकको साथबाट नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद बरामद भएको प्रहरीले जनाएको छ ।

Bhautik ministry notice about road

रु. दुई लाख ५३ हजार उठाएको रसिदको साथै एक थान मोवाइल सेट, घडी समेत बरामद भएको छ । प्रशासकीय अधिकृत सुबेदीले सेवाग्राही र जनप्रतिनीधीहरुसँगै छलफल गरिरहेको अवस्थामा शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनिहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएका बताउनुभयो ।

“उहाँहरुले मलाई चन्दा माग्नुभएको थियो, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर चन्दा दिन नमिल्ने बताए,” सुबेदीले भन्नुभयो “कार्यकक्षमा प्रवेश गरेर सिधै आक्रमण गरे ।” जिल्ला सदरमुकाममै रहेको बेनी नगरपालिकाको कार्यालयमा भएको यो घटनाले म्याग्दीमा बढेको चन्दा आतंक र सुरक्षा चुनौतिको उजागर गरेको छ ।

जनप्रतिनीधि, सरकारी कार्यालय, ब्यवसायी, बिकास आयोजना र निर्माण ब्यवसायीहरुले मागिएको “मोटो” रकम नदिए भौतिक आक्रमणको धम्की आएको गुनासो गरेका छन् । पिडितहरुका अनुसार चन्दा माग गर्नेमा “बिप्लप” नेतृत्वको नेकपा र निकट संगठनहरु रहेका छन् । पछिल्लो एक महिनायता चन्दा आतंक बढेको पिडितहरुले बताएका छन् । प्रहरी नायव उपरिक्षक राईले पिडितहरुले औपचारिक रुपमा उजुरी नदिएको र गुनासो नगरेकाले अनुसन्धानमा समस्या भएको बताउनुभयो ।

घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । प्रशासकीय अधिकृत सुबेदीमाथी भएको आक्रमणको चौतर्फी बिरोध र आलोचना भएको छ । सुरक्षा निकायको न्युन उपस्थिति हुने बिकट र दुर्गम क्षेत्रमा रहेका स्थानीय तह, जनप्रतिनिधी, कर्मचारी र आयोजनाहरुले सुरक्षा चुनौति बढेको बताएका छन् ।

बेनी नगरप्रमुख हरिकुमार श्रेष्ठले आइतबार साँझ एक बिज्ञप्ति जारी गर्दै मागिएको चन्दा नदिएका कारण प्रशासकीय अधिकृत सुबेदीमाथी दुरब्यवहार र आक्रमणको प्रयास भएको भन्दै संलग्नको पहिचान र कारबाहीको माग गर्नुभएको छ ।

“केही समय अगाडी देखि नगरपालिकालाई चन्दा माग्दै आएको बेनी नगरपालिकाको बिभिन्न बैठक र छलफलहरुमा प्रमुख प्रशासकीय अधिकृतले बताउदै आउनुभएको थियो,” बिज्ञप्तिमा भनिएको छ “नगरपालिकाले अबैधानिक ढंगले चन्दा दिन नसकिने भन्दै प्रमुख प्रशासकीय अधिकृतले निरन्तर प्रतिबाद गरेका कारण यस घटना नियोजित ढंगले घटाइएको भन्ने हाम्रो बुझाई छ ।”

नेकपाका जिल्ला सेक्रेटरी शुशिला बिकले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई आक्रमण गर्ने आफनो कार्यकर्ता नभएको बताउनुभयो । ‘‘उनको बिषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्ट्राचारको गुनासो आएको थियो,’’ उहाँले भन्नुभयो ‘‘आजको घटनामा हाम्रो संलग्नता छैन् ।’’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...