म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागू

Sinchai Khanipani notice

बेनी । म्याग्दीमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै, तिहार, नेपाल सम्बत, छठ लगायत चाडपर्वको समयमा हुन सक्ने अपराध र दुर्घटना नियन्त्रणका लागि सुरक्षा योजना लागु गरेको हो ।

जिल्ला सुरक्षा समितिको योजना अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राइले बताउनुभयो । चाडपर्वको समयमा हुने भिडभाड र जमघटले कोरोना महामारी फैलन सक्ने आँकलन गरेर सुरक्षा योजना तयार पारेर कार्यान्वयनमा लगिएको बताउनुभयो ।

Bhautik ministry notice about road

तीन सय नेपाल प्रहरी र पचास जना शसस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । बजार क्षेत्रमा मोवाइल गस्ती, दुर्गम र ग्रामिण क्षेत्रमा लामो दुरीको गस्ती, सडकमा सवारी चेकजाँच, कालीपुल बसपार्कमा सहायता कक्ष सञ्चालन गरिएको प्रनाउ राइले बताउनुभयो ।

Shreekrishna hardwear in news

सर्वसाधारण, सरकारी सम्पत्तीको संरक्षण, बिकास आयोजनाहरुलाई समेटेर सुरक्षा योजना लागु गरिएको प्रनाउ राइको भनाई छ । पछिल्लो समय बढेको चन्दा आतंकले सिर्जना गरेको सुरक्षा चुनौतिको सामनाका लागि समेत सुरक्षा निकायले सतर्कता बढाएको जनाएका छन् ।

सडकमा नियमित सवारी आवत जावत गराउने, यात्रुलाई ठगिन नदिने र संबेदनशिल तथा भिआइपीको सुरक्षामा समेत ध्यान दिइएको छ । कुटपिट, झैझगडा, अब्यवस्थित मदिरा सेवनका कारण हुने घरेलु हिंसा न्युनीकरणका लागि सुचना उपलब्ध गराउन प्रहरीले अपिल गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...