नवआगन्तुक प्रजिअ रानाद्धारा जिल्लाको बस्तुअवस्थाको बिषयमा सरोकारवालाहरुसँग छलफल

Sinchai Khanipani notice

बेनी । म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले सरोकारवालाहरुसँग सोमबार बस्तुअवस्थाको बारेमा छलफल गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालयमा सुरक्षा अधिकारी, बिषयगत कार्यालय, राजनीतिक दल, जनप्रतिनिधी, संघ संस्था, पत्रकार लगायतसँग जिल्लाको सेवा प्रवाह, बिकास निर्माण, सुरक्षामा देखिएका समस्या पहिचान र समाधानका उपायका बिषयमा छलफल भएको हो ।

छलफलका क्रममा प्रशासन लगायत बिषयगत कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ति भएको, बिकास आयोजना अलपत्र परेका र पछिल्लो समय बढेको चन्दा आतंकका कारण सुरक्षा चुनौति बढेको बिषयमा जानकारी गराएका थिए ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

तीनै तहका सरकारले सञ्चालन गरेका बिकास आयोजनामा अनियमितता मौलाएको, नदीजन्य बस्तुको अबैध दोहन र चोरी निकासी भएको, प्रशासनको सरोकारवालाहरुसँग बढेको दुरिका कारण समन्वयमा समस्या देखिएको सहभागीले बताएका थिए ।

प्रजिअ रानाले सरोकारवालाहरुको अपेक्षा, गुनासा र सुझाव अनुसार जिल्लाको बस्तुअवस्था बुझेर समस्या र सुधारका उपाय पहिचानका लागि छलफल गरिएको बताउनुभयो । सेवाप्रवाहमा ढिलासुस्ति हटाउने, सुरक्षा अवस्था सुधारका लागि सबै सुरक्षा अंग, समुदायलाई साथमा लिएर अघी बढ्ने तथा बिकास आयोजनालाई गति दिन सहजिकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सुधारका लागि प्रशासनले गर्ने प्रयासमा साथ र सहयोग तथा सुझावको अपेक्षा ब्यक्त गर्नुभयो । पत्रकारहरुसँगको छलफलमा प्रजिअ रानाले शुसानका लागि सूचनाको हक कार्यान्वयनमा प्राथमिकता दिने बताउनुभयो ।

शुशासनको प्रमुख सुचक पारदर्शीता कायम गर्न आम नागरिकले राज्यको गतिबिधीको सूचनामा पहुँच राख्ने वातावरण बनाउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिइसकेको बताउनुभयो । सबै कार्यालयमा सूचना अधिकारी नियुक्त गरेर प्रत्येक तीन तीन महिनामा आफ्ना गतिबिधी सार्वजनिक गर्नुपर्ने नीतिगत ब्यवस्था कार्यान्वयनमा ल्याउने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...