रघुगंगाका शिक्षकलाई कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम

Gandaki Pardesh notice

भगवति । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतिमा आइतबार आधारभूत कक्षाकोठा ब्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्टे«लीयाको सहयोगमा सम्बृद्ध ग्रामिण नेपालका लागि शैक्षिक उन्नयन (लर्न)को आयोजनामा दश दिनसम्म तालिम सञ्चालन भएको थियो ।

तलिममा १६ वटा बिद्यालयको आधारभूत तहमा अध्यापन गराउने १३५ जना शिक्षकहरुको सहभागिता थियो । सिकाई उपलब्धी बढाउन कक्षा कोठामा शैक्षिक सामग्री प्रर्दशनी गरेर बालमैत्री शिक्षण बिधी अपनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

Shreekrishna hardwear in news

शैक्षिक सामग्री निर्माण र त्यसको कक्षाकोठामा प्रर्दशनी गर्ने बिषयमा सैद्धान्तिक तथा ब्यवहारिक बिषयमा जानकारी गराइएको थियो । तालिमको लर्नका कार्यक्रम ब्यवस्थापक मिन शाही, कृष्ण तिलिजा, शिक्षा बिकास अधिकृत गोपाल ढुङ्गेल, अन्नपूर्ण गाउँपालिकाका स्रोत ब्यक्ति भरत पुन लगायतले सहजिकरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

अन्नपूर्ण गाउँपालिकामा बिगत ८ बर्षदेखि सञ्चालित शैक्षिक उन्नयन कार्यक्रम रघुगंगा गाउँपालिकाको अमर माबि पाखापानी स्रोत केन्द्रमा बि.स. २०७६ देखि शुरु भएको थियो । कार्यक्रमका लागि रघुगंगा गाउँपालिका र क्वालिटी एजुकेशन नेपाल अस्ट्रेलीयाले ५०÷५० प्रतिशत लागत साझेदारी गरेका गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण सुबेदीले बताउनुभयो ।

यो कार्यक्रम लागू भएको बिद्यालयको आधारभूत तह बालकक्षा देखि कक्षा ५ सम्मको कक्षा कोठामा शिक्षक र बिद्यार्थीहरुले शैक्षिक सामग्रीको प्रर्दशनी गरेका छन् । पाठ्यक्रसँग मिल्ने शैक्षिक सामग्रीले बिद्यार्थीहरुको सिकाई उपलब्धी बढाउन र दिगो बनाउन सहयोग पुगेको शिक्षकहरुले बताएका छन् । यसैगरी बिद्यार्थीहरुलाई रमाइलोका लागि नाच्दै गाउँदै पढाउने गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...