प्रहरी चौकीको भवन बनाएका मजदुरलाई ठेकेदारले दशैको मुखमा ज्याला दिन नमानेपछि बिचल्ली

Gandaki Pardesh notice

बेनी । निर्माण ब्यवसायीले ज्याला नदिदाँ बिरगञ्जबाट म्याग्दीमा काम गर्न आएका मजदुरहरु बिचल्लीमा परेका छन् ।

ज्याला माग्दा निर्माण ब्यवसायीले धम्काउने र आक्रमणको प्रयास गरेपछि पिडित मजदुरहरु आइतबार प्रहरी, प्रशासन गुहार्न बेनी आएका छन् ।

रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित प्रहरी चौकीको भवन निर्माणको काम गरेका १० जना मजदुरहरुले ज्याला नपाएपछि बिचल्लीमा परेका हुन् ।

Shreekrishna hardwear in news

गत असार महिनादेखि काम गरेका पर्साको बिरगञ्जका मजदुरहरु दशैमा घर जान, स्थानीय खाद्यान्न ब्यापारीलाई पैसा तिर्न नसकेर बेखर्ची भएर बसेका छन् ।

भवनमा टायल राख्ने, रंगरोगन गर्ने, मार्बल बिछ्याउने लगायतको काम गरेवापतको छ लाख ज्याला नदिएको मजदुर राजेश गुप्ताले बताउनुभयो ।

ज्याला माग्दा निर्माण ब्यवसायीले धम्काउने र आक्रमणको प्रयास गरेपछि सुरक्षा माग तथा ज्याला दिलाईदिन अनुरोध गर्दै प्रहरी, प्रशासनमा आएको मजदुर अर्का मजदुर राजेन्द्र गुप्ताले बताउनुभयो ।

Bhautik ministry notice about road

१० कोठे कार्यालय ब्यारेक, २ कोठे भान्छाघर, शौचालय र स्नानगृह सहितको तीन तले भवन बनाउन २०७७ असोज १४ गते शिवाको–जयलक्ष्मी जे.भी बागलुङले रु. एक करोड ८७ लाख ६२ हजार ८४६ मा ठेक्का सम्झौता गरेको थियो ।

२०७८ असाजे १४ गते सम्पन्न गर्ने लक्ष्य राखिएको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्धारित समयमै भवन निर्माण भएपनि मजदुरले ज्याला नपाउँदा आफुकहाँबाट लगेको खाद्यान्नको भुक्तानी नपाएको मौवाफाँटका ब्यवसायी मुकुन्द सुबेदीले बताउनुभयो ।

उहाँका अनुसार गत शुक्रबार भवन निर्माण स्थलमा मजदुर र निर्माण ब्यवसायीहरुबीच ज्यालाको बिषयमा हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

शिवाको–जयलक्ष्मी जेभीका सञ्चालक जयन्द्र श्रेष्ठले भने आफूले प्रदेश प्रहरी कार्यालयबाट पाएको आधारमा मजदुरहरुलाई भुक्तानी दिइरहेको दाबी गर्नुभयो । उहाँले ज्याला माग्दा धम्काएको भन्ने मजदुरको आरोपको खण्डन गर्दै छलफलको क्रममा भनाभन हुनु सामान्य भएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयमा मजदुर र निर्माण ब्यवसायी पक्षबीच भएको छलफलमा ब्यवसायीले छ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको थियो । दशै मनाउनका लागि रु. दुई लाख भुक्तानी दिएका ब्यवसायीले बाँकी चार लाख दशै लगत्तै मजदुरहरुले भवनको सबै काम सकेपछि उपलब्ध गराउने सहमति जनाउनु भएको छ ।

नवआगन्तुक प्रजिअ चिरञ्जिवी राना, प्रहरी नायव उपरिक्षक श्याम कुमार राइ, राष्ट्यि अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत महेश गुरुंगले चासो दिएर दुई पक्षलाई छलफलको वातावरण बनाइदिएकोमा मजदुरहरुले धन्यवाद दिएका छन् । समयमै पुरा ज्याला उपलब्ध गराउने वातावरण बनाइदिन समेत आग्रह गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...