बेनीका प्रमुख प्रशासकीय अधिकृतलाई दुरब्यवहार

Sinchai Khanipani notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदीलाई आइतबार एक समूहले दुरब्यवहार गरेका छन् ।

दिउँसो साढे १२ बजे कार्यकक्षमा प्रवेश गरेका पाँच जनाको समुहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ प्रहार गरेका थिए । दुरब्यवहारमा संलग्न मुगुका १८ वर्षीय बिजय बिकलाई प्रत्यक्षदर्शी जनप्रतिनीधिहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।

प्रहरीका अनुसार घटनास्थलमा नेत्रबिक्रम चन्द् नेतृत्वको (नेकपा) निकट राष्ट्रिय युवा संगठनको सहयोग रसिद भेटिएको छ । एक थान मोवाइल सेट, घडी लगायतका कागजात र सामग्री बरामद भएको प्रहरी नायब उपरिक्षक श्यामकुमार राईले बताउनुभयो ।

Shreekrishna hardwear in news

‘घटनास्थलबाट पक्राउ परेका एक जना हाम्रो नियन्त्रणमा छन्,’ उहाँले भन्नुभयोे ‘थप अनुसन्धान र संलग्नहरुको खोजीमा प्रहरी परिचालन गरिएको छ ।’ दुरब्यवहार हुँदा वडा न. ७ का अध्यक्ष राजेन्द्र श्रेष्ठ र ९ का अध्यक्ष बेलबहादुर चोखाल कार्यकक्षमै हुनुहुन्थ्यो ।

Bhautik ministry notice about road

प्रत्यक्षदर्शी श्रेष्ठले शंकास्पद र छापामार शैलीमा कार्यकक्षमा छिरेका उनिहरुले “दलाल” शब्द प्रयोग गर्दै आक्रमणमा उत्रिएका बताउनुभयो । छ्यापेको कालो तरल पदार्थ टेबुल र कार्यकक्ष पछाडीको भाग दुषित भएको छ । सो पदार्थ सवारी साधनमा प्रयोग हुने मोबिल भएको अनुमान गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सुबेदीले आफूलाई मागिएको चन्दा नदिएका कारण आक्रमण र दुरब्यवहार भएको प्रतिक्रिया दिनुभयो । ‘उनिहरुले चन्दा मागेका थिए, मैले जनताले तिरेको कर र बिकास बजेट काटेर कुनै दललाई चन्दा दिन नमिल्ने भने,’ सुबेदीले भन्नुभयो ‘कार्यकक्षमा प्रवेश गरेर अरु केही कुरै नगरी सिधै आक्रमण गरे ।’

यस बिषयमा नेकपाका जिल्ला सेक्रेटरी शुशिला बिकले सो घटनामा आफनो कार्यकर्ता र संगठनको संलग्नता नभएको बताउनुभयो । ‘उनको बिषयमा हामी प्रतिबन्धमा रहँदा पनि केही भ्रष्ट्राचारको गुनासो आएको थियो,’ उहाँले भन्नुभयो ‘आजको घटनामा हाम्रो संलग्नता छैन् ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...