हुलाक दिवसको अवसरमा कर्मचारीलाई सम्मान

Gandaki Pardesh notice

बेनी । १४७ औ बिश्व हुलाक दिवसको अवसरमा शनिबार बेनीमा जिल्ला हुलाक कार्यालयका दुई जना कर्मचारीलाई पुरस्कृत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित समारोहमा हुलाकी मुक्तिप्रसाद बरुवाल र सकुन्तला शाक्यलाई सम्मान गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छबिलाल सुबेदी, जिल्ला हुलाक अधिकृत साधनाकुमारी श्रेष्ठले बरुवाल र शाक्यलाई प्रशंसापत्र र दोसल्लो ओढाएर सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

३५ बर्ष अघि हुलाक सेवामा प्रबेश गरेका पोखरेबगर–घार डाँक लाइनमा कार्यरत बरुवालले सम्मानित हँुदा निकै खुसी महशुस भएको बताउनुभयो । प्रजिअ रानाले बिद्युतीय सुचना प्रबिधिको बिकास भएपनि अभिलेखीकरणका लागि करकारी कागजात आदानप्रदान गर्न हुलाकको भूमिका रहेको बताउनुभयो ।

उहाँले जिल्ला स्थित सबै सरकारी कार्यालयहरुमा सूचना अधिकारी हुनुपर्ने, कार्यालयको वेभसाइट हुनुपर्ने, त्यहाँ कार्यालयको सेवा लगाएतका गतिबिधिहरु प्रस्तुत गरिनुपर्ने र त्यसको निरक्षण जिल्ला हुलाक कार्यालयले गर्नुपर्ने बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबेदीले महत्वपूर्ण इतिहाँस बोकेको हुलाकको सेवालाई प्रबिधिमैत्री र नागरिकमैत्री बनाउन आवश्यक रहको पनि उहाँको भनाई थियो । हुलाक अधिकृत श्रेष्ठले दुर्गम र बिकट क्षेत्रमा समेत पहुँच भएको हुलाक सेवालाई प्रभावकारी बनाउन स्रोत साधनको कमी भएको बताउनुभयो ।

कार्यालयका खरिदार गोबिन्द पुनले सञ्चालन गर्नुभएको कार्यक्रमको अवसरमा बिजयादशमी, दिपावली, नेपाल सम्बत, छठ लगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...