बेनी–जोमसोम–कोरला सडकको चार खण्ड निर्माण सकियो

Sinchai Khanipani notice

बेनी, उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्ड निर्माण सकिएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने आर्थिक वर्ष २०७३÷७४ देखि शुरु भएको यस आयोजनाको ११ मध्य हालसम्म चार वटा खण्ड स्तरोन्नति सकिएको हो ।

आयोजनाका निमित्त प्रमुख आश्बिनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको ११० किलोमिटर दुरिको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ ।

Shreekrishna hardwear in news

“जोमसोम–कोरला सडकको सात मध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्,” उहाँले भन्नुभयो “बाँकी ३ वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।”

दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक बि.स. २०७५ मा ११ मिटर फराकिलो, नाली, गयावियन पर्खाल, मेशिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो ।

भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङवे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । रु. छ अरब लागत अनुमान गरिएको आयोजनामा आर्थिक वर्ष २०७७÷७८ सम्म रु. पाँच अरब १३ करोड ४८ लाख खर्च भएको छ ।

Bhautik ministry notice about road

सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजना मार्फत आर्थिक बर्ष २०७३÷०७४ मा रु.४६ करोड २० लाख, २०७४÷७५ मा रु. एक अर्ब ५२ करोड ५२ लाख, २०७५÷७६ मा रु.एक अर्ब ३१ करोड, २०७६÷७७ मा रु. ९० करोड २५ लाख र आव २०७७÷७८ मा रु. एक अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ ।

पछिल्लो आर्थिक वर्ष २०७७÷७८ मा सडक स्तरोन्नतितर्फ रु. ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ रु. १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब बीस वटा मोटरेबल पुल निर्माणाधिन छन् ।

आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोवाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दुरीको सडकको भौतिक प्रगति कम देखिएको छ । कोवाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोशी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो ।

शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्ड मध्य गलेश्वर देखि बेगखोला सम्मको करिब छ किलोमिटर सडक कालोपत्रे शुरु भएको छ । शर्मा–गजुरमुखीले ठठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६.५ किलोमिटर सडक कालोपत्र शुरु गरिएको छ । बर्खाका कारण रोकिएको सडक कालोपत्रेलाई दशै लगत्तै पुर्णता दिने निर्माण कम्पनीहरुले जनाएका छन् ।

प्रवेश विन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करीब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इन्जिनीयर आषिश मानन्धरले बताउनुभयो ।

“बेनी घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदैछ”, उहाले भन्नुभयो, “११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।” बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरबको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...