जन्मदिनको अवसरमा बिरामी र कैदीबन्दीलाई सहयोग

Gandaki Ghumau

बेनी । म्याग्दीका एक ब्यक्तिले जन्मदिनको अवसरमा बिपन्न बिरामी र कारागारका कैदीबन्दीलाई सहयोग गर्नुभएको छ ।

बेनी नगरपालिका–६ निवासी निर्माण ब्यवसायी संघ म्याग्दी र गंगा जिसी फाउण्डेशनका अध्यक्ष, म्याग्दी उद्योग बाणिज्य संघका सहकोषाध्यक्ष लगायत बिभिन्न संघ संस्थामा आवद्ध ब्यवसायी जिसीले बिरामी र कैदीबन्दीलाई रु. बीस÷बीस हजार उपलब्ध गराउनुभएको छ । फजुल खर्च गरेर तडकभडक गर्नुभन्दा सिर्जनात्मक शैली अपनाएर जन्मदिन मनाएकोे जिसीले बताउनुभयो ।

Gunasthariya Shiksya

मृगौला, पक्षघात र मुटु सम्बन्धी समस्याले थलिएर बेनीमा बस्त आएका धवलागिरी गाउँपालिका–४ मुदीका ३८ वर्षीय टेकबहादुर घर्तिलाई गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल, सहयोग जुटाउन अगुवाई गरेकी दिलमाया बिटालुको रोहबरमा घर्तिकी श्रीमति मनमायालाई रु. बीस हजार हस्तान्तरण गर्नुभएको थियो ।

Shreekrishna

एक बर्षदेखि थलिएका घर्तिको उपचारमा रु. १५ लाख भन्दा खर्च भएको श्रीमति मनमायाले बताउनुभयो । करिब रु. छ लाख सहयोग जुटेको र रु. ९ लाख ऋण लागेको उहाँले बताउनुभयो । बेनीमा रेष्टुरेष्ट ब्यवसाय गरेर जिबिकोपार्जन गरेका घर्ति दम्पत्तीका दुई छोरी छन् ।

यसैगरी जिसीले दशै तिहारको चाडपर्व मनाउनका लागि कैदीबन्दीहरुलाई आवश्यकता अनुसारको सामग्री खरिद गर्न रु. बीस हजार जेलर धिरेन्द्रराज पन्त र सुरक्षाकर्मीहरुको रोहबरमा केदी नाईके बसन्त रोकालाई हस्तान्तरण गर्नुभएको थियो । जिसीले आफ्नी दिवंगत बहिनीको स्मृतिमा गंगा जिसी फाउण्डेशन स्थापना गरेर बिपद ब्यवस्थापन, महामारी नियन्त्रण लगायतका क्षेत्रमा काम गर्दै आउनुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...