जेसीजले आयोजना गरेको चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति बिजयी

Sinchai Khanipani notice

बेनी । म्याग्दी जेसीजले संबिधान दिवस २०७८ का अवसरमा आयोजना गरेको अन्तर माबि स्तरीय चित्रकला प्रतियोगितामा प्रकाश माबिका प्रकृति सुबेदी बिजयी हुनुभएको छ ।

Bhautik ministry notice about road

जेसीज सचिवालयमा आयोजना भएको, ७ वटा बिद्यालयका १३ जनाले सहभागिता जनाएको प्रतियोगितामा म्याग्दी जेसीजका पूर्व अध्यक्षहरुको तस्बिर स्केच गर्न लगाइएको थियो । प्रतियोगितामा न्यु वेष्ट पोइन्ट आवासीय मावीका प्रवेश घर्ति दृतीय, माउन्ट एभरेष्ट आवासीय माबीका रिजन रोका तृतीय हुनुभएको छ ।

लनिन्द्र थापा मगर, मनोज आर्टिष्ट र अमृत सिर्पालीको निर्णय मण्डलले सहभागीले बताएका तस्बिरको मूल्याङ्कन गर्नुभएको थियो । कार्यक्रम संयोजक म्याग्दी जेसीजका बरिष्ठ उपाध्यक्ष सन्दीप खत्रीले बिजयीहरुलाई दशैको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...