उत्कृष्ट प्रहरी र जेष्ठ पुर्ब प्रहरीलाई सम्मान

Beni Sanjibani

बेनी । ६६ औ पुर्बप्रहरी दिवसको अवसरमा बुधबार बेनीमा उत्कृष्ट प्रहरी, जेष्ठ पुर्व प्रहरी र दुई जना सहयोगी नागरिकलाई सम्मान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयमा आयोजित समारोहमा १६ जना प्रहरीलाई पुरस्कार, ७० वर्ष भन्दा बढी उमेरका पाँच जना पुर्ब जेष्ठ प्रहरीका साथै सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष बिष्णु गुरुङ र भुपु प्रहरी संघका सदस्य नारायण गर्बुजालाई सम्मान गरिएको हो ।

सम्मानित हुने जेष्ठ पुर्बप्रहरीहरुमा बेनपा ३ का प्रेमबहादुर कार्की, अन्नपूर्ण–५ का खड्गबहादुर पुन, मंगला ३ का ओमबहादुर खड्का, बेनपा ४ का चन्द्रबहादुर चन्द ठकुरी र अन्नपूर्ण ४ का तेसबहादुर पुन पुर्जा रहनुभएको छ ।

Mangala Health notice about Je
Beni nagarpalika ko janahit ma jari notice

पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङ, प्रहरी नायव निरीक्षक धनबहादुर थापा, प्रहरी सहायक निरिक्षक बिष्णुप्रसाद लम्साल, बिशाल दर्जी, सुर्यबहादुर थापा, उत्तमबहादुर मल्ल, टेकबहादुर कार्की, मिना बुढाथोकी, हेमन्त श्रीस मगर, दिवान शाही, धनबहादुर सुनार, अम्मरबहादुर क्षेत्री, रुद्रबहादुर थापा, अस्मिता नेपाली र लालमाया खत्री रहनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि संबिधानसभा सदस्य गोबिन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्रबहादुर केसी, जिल्ला न्यायाधिश तेजनारायण पौडेल, बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, श्रीबक्स गुल्मका सेनानी केशव सिलवाल, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई लगायतले पुरस्कार तथा सम्मान बितरण गर्नुभएको थियो ।

कार्यत्रममा सहभागीहरुले न्यायका लागि अनुसन्धान, अपराध नियन्त्रण, बिपद् ब्यवस्थापनका क्षेत्रमा जनभावना बुझेर काम गर्न, म्याग्दीमा प्रहरी इकाई थप गर्न सुझाव दिनुभएको थियो । सहभागीहरुले कार्यालय परिसरमा रहेको अमर प्रहरीको स्तम्भमा पुष्पगुच्छा सहित सम्मान अर्पण गर्नुभएको थियो । प्रहरी नायब उपरिक्षक राइले प्रहरीको कामलाई थप प्रभावकारी बनाउन समुदाय र नागरिक स्तरबाट साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।

Mangala gaupalika Health notice about rebise
प्रतिक्रिया दिनुहोस
Loading...