विनिता शर्माको उपचारका लागि रु १५ लाख बढी आर्थिक सहयोग

Gandaki Ghumau

बेनी । आन्द्राको क्यान्सरबाट पीडित म्याग्दीकी विनिता शर्माको उपचारका लागि देश विदेशमा रहेका आफन्त र शुभेच्छुकहरुबाट रु १५ लाख बढी आर्थिक सहयोग जुटेको छ ।

गत जेठमा मुख्य आन्द्रोमा क्यान्सर देखिए पछि हाल विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचाररत शर्माको उपचारका लागि ज्यामरुककोट समाज नेपालको पहलमा आर्थिक सहयोग अभियान संचालन गरिएको थियो ।

म्याग्दीमा रही करिब २० वर्षदेखि पत्रकारिताको क्षेत्रमा सक्रिय पत्रकार धु्रवसागर शर्माकी २१ वर्षिया छोरी विनिताको उपचारका लागि ज्यारुककोट समाज नेपालको आग्रहमा जापान,अमेरिका,अष्ट्रेलिया,बेल्जियम,युएई लगाएत देशमा रहेका विभिन्न व्यक्तिहरुबाट रु ११ लाख १० हजार ६ सय ९० रुपैयाँ प्राप्त भएको पत्रकार शर्माले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

सहयोग अभियानको संयोजन जापानमा सागर कार्की,अमेरिकामा सुरज थापा, अष्ट्रेलियामा प्रेम जिसी,बेल्जियममा रकेन्द्र घिमिरे र युएईमा प्रदीप सुवेदीले गर्नुभएको ज्यामरुककोट समाज नेपालका अध्यक्ष राम कार्कीले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोष,पत्रकार महासंघ म्याग्दी,म्याग्दी मिडिया सोसाइटी,नेपाल प्रेस युनियन म्याग्दी,बेनी नगरपालिका,प्रतिक्षा सुवेदी परोपकारी कोष लगाएत विभिन्न व्यक्ति संघसंस्था,देश विदेशमा रहेका पत्रकार शर्माका पूर्व विद्यार्थीहरु, आफन्त र शुभ चिन्तकहरुबाट गरी कुल १५ लाख ५२ हजार ७ सय ८० रुपैयाँ आर्थिक सहयोग जुटेको छ ।

अचानक आइ परेको अप्ठ्यारो अवस्थामा स्वतस्फूर्तरुपमा सहयोग गरेर दुःख बाढ्नुका साथै छोरीको सीघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक रुपमा आफूलाई सहज बनाइदिएकोमा सम्पूर्ण सहयोगदाताहरुलाई पत्रकार शर्माले धन्यवाद सहित हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
अहिले छोरी विनिताको अवस्था सुधारोन्मुख रहेको र उपचारका लागि आवश्यक रकम पनि जुटिसकेकोले तत्कालका लागि आर्थिक सहयोग संकलन अभियानलाई स्थगित गर्न सम्पूर्ण सहृदयीजनहरुप्रति पत्रकार शर्माले आग्रह गर्नुभएको छ ।

२०५७ सालदेखि पत्रकारिता र शैक्षिक क्षेत्रमा कार्यरत शर्मा राष्ट्रिय समाचार समिति (रासस),हिमालय टाइम्स दैनिक, आर्थिक अभियान दैनिक, ईमेज टेलिभिजन, थाहा खबर, बेनी साप्ताहिक, ढोरपाटन दैनिक लगाएतका समाचार संस्थाहरुमा कार्यरत हुनुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...