प्रबिधिले धोका दिदा मालपोतको सेवा प्रभाबित

Gandaki Pardesh notice

बेनी । सर्भर र इन्टरनेटको समस्याका कारण जिल्ला मालपोत कार्यालय म्याग्दीको सेवा प्रभावित बनेको छ ।

सेवाग्राही र कामको चाप हुने मालपोतमा जडान भएको इन्टरनेटमा आएको समस्याले सर्बसाधारण मर्कामा परेका हुन् । आइतबारदेखि सर्भरमा देखिएको समस्या समाधान नहुँदा सेवाग्राहीको काममा ढिलासुस्ति भएको गुनासो गरेका छन् ।

इन्टरनेटको सहायताले अनलाइन मार्फत गरिने जग्गापास, रोक्का–फुकुवा सम्बन्धी काम प्रभावित भएको हो । सेवाका लागि मालपोतमा आएका मालिका गाउँपालिका–६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले काममा ढिलाई भएको गुनासो गर्नुभयो ।

Shreekrishna hardwear in news

समयमा काम नहुँदा टाढाबाट आएका सेवाग्राहीहरुको सदरमुकाम बसाई लम्बिएको छ । खर्च बढेको छ । म्याग्दी मालपोतमा सुबिसु र वल्र्डलिंक कम्पनीको इन्टरनेट जडान भएको छ । दुई वर्षदेखि मालपोतको सबै काम अनलाइनको माध्यमबाट हुने गरेको छ ।

दुई वटै इन्टरनेट कम्पनीको फाइबर ती कम्पनीहरुले पोलको भाडा नतिरेका कारण शनिबार नेपाल बिद्युत प्राधिकरणले काटिदिएको थियो । आइतबार साँझ काटिएको तार जोडेका थिए । कार्यालयका निमित्त प्रमुख छबीलाल उपाध्यायले इन्टरनेट र सर्भरमा आएको समस्याले काममा ढिलाई भएपनि नरोकिएको बताउनुभयो ।

Bhautik ministry notice about road

“काम रोकिएको त छैन् तर साह्ै ढिला भएर हामीलाई पनि काम गर्न समस्या भएको छ,” उहाँले भन्नुभयो “प्राबिधिकहरुले इन्टरनेट मर्मतको काम गरिरहनु भएको छ । हाम्रो नियन्त्रण बाहिरको प्राबिधिक समस्याले बेला बेला दुख दिने गरेको छ ।”

केही सेवाग्राहीले एकै दिन फुकुवा–रोक्का अथवा फुकुवा र पास गर्न खोज्छन् । तर फुकुवाको प्रक्रिया पुरा नभएसम्म अरु काम शुरु गर्न नमिल्ने भएकाले समय लाग्ने गरेको कर्मचारी बताउँछन् ।

कार्यालयले बिद्युत आपुर्तिमा अनियमितता हुँदा सेवा प्रवाहलाई प्रभाबित हुन नदिन बैकल्पिक ब्यवस्था मिलाएको छ । दश वर्षअघि जडान गरिएको ब्याकअप र ब्याट्रि पुरानो भएकाले बिद्युत आपुर्ति नहुँदा कार्यालयको सेवा प्रभावित हुने गरेको थियो ।

मंगले राहुघाट जलबिद्युत आयोजनाको प्रर्वद्धक तुदी हाइड्रोवार र ठुलोखोला जलबिद्युत आयोजनाको प्रर्वद्धक संयुक्त उर्जा कम्पनीले रु. चार लाख पचास हजार खर्च गरेर गत असारमा नयाँ ब्याकअप र ब्याट्रि जडान गरेका थिए ।

बिद्युत आपुर्तिको समस्या समाधान भएपनि इन्टरनेटको समस्या चुनौति बनेको छ । विभिन्न तहका २१ जना कर्मचारीको दरबन्दि रहेको मालपोत कार्यलयमा हाल १७ जना छन् । दुई जना खरिदार र दुई जना नायब सुब्बाको दरबन्दि खाली छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...