लघुजलबिद्युत परियोजना बन्द हुँदा चार सय घरधुरी अन्धकारमा

Sinchai Khanipani notice

बेनी । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको दाजुङखोला लघुजलबिद्युत परियोजना बन्द भएको छ ।
दाजुङखोलाका लघुजलबिद्युत सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब चार सय घरधुरी अन्धकार भएका छन् ।
च्युरीबोट स्थित बिद्युतगृहमा रहेको टर्वाइनको बेरिङमा खराबी आएपछि यही असोज १४ गतेदेखि बिद्युत उत्पादन बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर घर्तिले बताउनुभयो ।
सो परियोजनाको बिद्युत च्युरीबोट, ओखरबोट, महभिर, छाप, खतेन गाउँका ३९३ घरधुरीले उपभोग गरेका थिए । बिद्युत अभावमा उज्यालोका लागि टुकी र मैनबक्ति बाल्नुपर्ने अवस्था आएको छ ।
सर्बसाधारणलाई साँझ र रातको समयमा घरायसी कामकाज गर्न, बालबालिकालाई अध्ययन गर्न तथा बिद्युतबाट मिल, फर्निचर उद्योग सञ्चालन गर्न समस्या भएको छ ।
सहकारीका अध्यक्ष घर्तिले बुटवलबाट अर्को बेरीङ ल्याउनुपर्ने भएकाले परियोजना मर्मतका लागि केही समय लाग्ने बताउनुभयो । आर्थिक अभावका कारण नयाँ बेरीङ खरिद र ढुवानी गर्न समस्या भएको उहाँको भनाई छ ।
सो परियोजनाको सेवा क्षेत्रमा केन्द्रिय प्रशारण लाइनको बिद्युत बिस्तार भएको छैन् । मालिका गाउँपालिकाको वडा नम्बर ४ को फुलबारी र गरजरामा मात्र केन्द्रिय लाइनको बिद्युत पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...