तीन बुदे सहमति कार्यान्वयनका लागि नेकपाको दबाव

Gandaki Pardesh notice

बेनी । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारसँग भएको तीन बुँदे सहमति यथासिघ्र कार्यान्वयनको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा धर्ना गरेको छ ।

Bhautik ministry notice about road

देशब्यापी कार्यक्रम अन्तरगत नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज ध्रुब घिमिरेको नेतृत्वमा नेता कार्यकर्ताहरुले दिउँसो १ देखि २ बजे सम्म जिल्ला प्रशासन कार्यालय अगाडी सरकार बिरुद्ध नाराबाजी गर्दै धर्ना बसेका थिए ।

धर्नापछि नेता घिमिरेले सरकार र नेकपा बीच भएको तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, नेता कार्यकर्तालाई लगाइएको झुटा मुद्दा खारेज गर्नुपर्ने र हिरासतमा रहेका आफ्ना नेता कार्यकर्ताहरुलाई छोड्नुपर्ने बताउनुभयो

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...