धवलागिरी आरोही पहिलो नेपाली महिला पुर्णिमा र पहिलो नेपाली सगरमाथा आरोही पाइलट सोबितलाई सम्मान

Gandaki Pardesh notice

बेनी । संसारको सातौ आठ हजार १६७ मिटर अग्लो धवलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला पुर्णिमा श्रेष्ठ र पहिलो नेपाली सगरमाथा आरोही पाइलट सोबित गौचनलाई सोमबार बेनीमा सम्मान गरिएको छ ।

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा पर्ने हिमालमा २०७८ असोज १५ गते बिहान ६ बजे गोरखाकी पुर्णीमा श्रेष्ठ र सोलुखुम्बुकी पासाङ लामु शेर्पाले सफल आरोहण गर्नुभएको थियो ।

हिमाल आरोहण गरेर हेलिकप्टर मार्फत काठमाडौ जाने क्रममा बेनी आएकी पुर्णीमालाई म्याग्दी उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा र धौलागिरी पर्यटन परिषदको तर्फबाट सम्मान गरिएको थियो ।

Shreekrishna hardwear in news

म्याग्दी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष राजेश शाक्य, पत्रकार महासंघका शाखा सचिब सन्तोष गौतम, संस्थापक अध्यष घनश्याम खड्का, प्रदेश परिषद् सदस्य बिक्रम बोगटी र धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाले पुर्णीमा र पहिलो पटक सगरमाथा आरोहण गर्ने नेपाली पाइलट बेनीका सोबित गौचनलाई सम्मान गर्नुभएको थियो ।

दुबै जनाले हिमाल आरोहणमा किर्तिमान बनाएर म्याग्दीको पहिचान दिलाउन योगदान गरेकाले सम्मान गरिएको अध्यक्ष बानियाले बताउनुभयो । काठमाडौको सेभेन समिट ट्रेकीङ कम्पनी मार्फत असोज २ गते मुस्ताङको मार्फा हुदै पैदलमार्ग भएर जानुभएकी पुर्णीमाले १७ औ दिनमा सोमबार काठमाडौ फर्कीएकी छिन् ।

Bhautik ministry notice about road

पुर्णिमा र पासाङले धवलागिरी हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलाको किर्तिमान बनाएका सेभेन समिट ट्रेकीङका सञ्चालक मिङ्मा शेर्पाले बताउनुभयो । धवलागिरीमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेका थिएनन् ।

पत्रकार समेत रहेकी गोरखा आरुघाटकी पुर्णिमाको टोलीले यसअघि गत बैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ स्थित आठ हजार ८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए ।

पुर्णिमाको टोली अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला हुन् । शेर्पा (पथप्रर्दशक) टासी शेर्पाको सहयोगमा पुर्णिमाले धवलागिरी आरोहण गर्नुभएको हो । पुर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत फोटो पत्रकार हुनुहुन्छ ।

उहाँले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो । प्रतिकुल मौसमका बावजुद पनि धवलागिरी आरोहण सफल भएकोमा खुसी ब्यक्त गर्दै पुर्णिमाले अब नेपालमा रहेका आठ हजार मिटर भन्दा बढी उचाई भएका सबै हिमाल आरोहण गर्ने योजना सुनाउनुभयो ।

यसैगरी २०७८ बैशाख २८ गते संसारको अग्लो सगरमाथा हिमालको सफल आरोहण गर्नुभएका बेनी निबासी पाईलट सोबित गौचनलाई आइतबार थकाली सेवा समिति बेनी क्षेत्रले सम्मान गरेको छ । थकाली सेवा समिति नेपालले आयोजना गरेको ११ औ तोरन्ल्ह गोल्डकप प्रतियोगिताको समापन समारोहमा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पुर्बराज्यमन्त्री भिमप्रसाद गौचन, समितिका पुर्ब अध्यक्ष कृष्णकुमारी शेरचन र बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले सम्मानपत्र प्रदान गर्नुभएको थियो । हेली एभरेष्टका पाइलट गौचन सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...