अलबिदा चन्द्रबहादुर पहरे पुन

Gandaki Pardesh notice

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका समाजसेवी, शिक्षासेवी गोर्खा मेजर चन्द्रबहादुर पहरे पुनको शनिबार निधन भएको छ ।

पोखरामा बस्दै आउनुभएका पुनको ७८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । ३ हप्ताअघि अस्वस्थ भएका पुनको पोखरास्थित फिस्टेल अस्पतालमा ३ दिन उपचार गराएर नदीपुरस्थित घरमा आराम गर्न लगिएको थियो ।

घरमा ४ दिन बसिसकेपछि थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौंस्थित मेडिसिटि अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उहाँलाई निमोनियको समस्याले सताएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

सन १९५८ मा बेलायती सेनामा भर्ति भएका पुनले ३२ वर्ष सेवा गरेपछि सन १९८९ मा सेवा निबृत्त हुनुभएको थियो । त्यसपछि उहाँले १२ वर्ष बु्रनाईमा काम गर्नुभएको थियो । सेवा निवृत्त भएपछि उहाँ समाज र शिक्षा सेवामा निरन्तर लाग्नुभयो ।

सेवानिवृत समय र पेन्सन वापत पाउने सुबिधाले जन्मथलोको शिक्षा, स्वास्थ्य र पुर्बाधार बिकासमा सघाएका चन्द्रबहादुरलाई अन्नपूर्ण गाउँपालिका–७ टिकोटका बासिन्दा समाजसेवीको रुपमा चिन्दछन् ।

‘‘उहाँ (चन्द्रबहादुर)ले टिकोटको शिक्षा, स्वास्थ्य र पुर्वाधार विकासका लागि आर्थिक मात्र नभएर श्रम र समय दिएर हामीलाई प्रोत्साहन गरिरहनु भएको थियो’’ टिकोट माविका प्रअ ठगराज पुन (प्रदिप)ले भन्नुभयो ‘‘उहाँको योगदान टिकोटबासीका लागि अविश्मरणीय छ ।’’
१५ वर्षको उमेरमा बेलायतको गोर्खा सैनीकमा भर्ती भएका पुनले टिकोटको विकास र पोखरामा रहेका विभिन्न संघ संस्थाहरुलाई करिब रु. ७५ लाख नगद सहयोग गर्नुभएको छ । वि.स २०५३ सालमा माध्यमिक तहको कक्षा सञ्चालन गर्नका लागि टिकोट माविलाई रु. दुई लाख सहयोग गरेका पुनले नयाँ भवन निर्माणका लागि थप रु. १८ लाख उपलब्ध गराउनु भएको छ ।
महभिर टिकोट सडक निर्माणका लागि रु. तिन लाख उपलब्ध गराएर पोखरामा आर्थिक संकलन शुरु गरेका पुनले अरुलाई प्रोत्साहनका साथै आर्थिक स्रोत जुटाउने अभियानको अगुवाई गर्नुभयो । टिकोटमा बास्केटबलको पक्कि खेलमैदान निर्माण गर्न रु. ५५ हजार नगद सहयोग गर्नुभएका पुनले करिब एक महिना श्रमदान गर्र्नुभयो ।
पुनका दाजुभाई र परिवारले रु. २१ लाखको अक्षयकोष बनाएर टिकोटमा सामुदायिक स्वास्थ्य किल्निक सञ्चालन गर्न दुई जना कर्मचारीको तलब र औषधी खरिदमा सघाएका छन् । वार्षिक रु. १५ लाख पेन्सन पाउने चन्द्रबहादुर आफ्नो जन्मगाउँ टिकोटका साथै पोखराका सामाजिक संघ संस्थालाई सामाजिक कामका लागि रु. ७५ लाख सहयोग गरिसकेको पाँच वर्षअघिको कुराकानीमा बताउनुभएको थियो ।
मेजर पुन पोखरामा कार्पाकेली परिवारका अध्यक्ष, मनकामना बोर्डिङ स्कुलका व्यवस्थापन समितिका अध्यक्ष, हिस्तान मण्डली समाजका सल्लाहकार, पुन समाज पोखराका पूर्व अध्यक्ष, कोपिला वालगृहका अध्यक्ष, प्रकृति उद्यान नदीपुरको निर्माण समिति संयोजक रहनुभएको थियो । ज्ञानभूमि माविको भौतिक सुधारको काम गरेका पुन अन्नपूर्ण वातावरण संरक्षण संस्थाको कोषाध्यक्ष हुनुहुन्थ्यो । साथै उनी सक्षम सहकारीको सल्लाहकार र नेपाल पुन मगर समाजको पनि सल्लाहकार हुनुहुन्थ्यो ।

पछिल्लो समयमा उहाँ नेपाली मौलिक लोक संस्कृतिको जगेर्नामा लाग्नुभएको थियो । आफ्नो कला, संस्कृतिको जगेर्ना गरौं भन्ने अभियान अनुसार आफ्नै समाज र अन्य समुदायमा गएर जागरणको काम गर्नुभएको थियो । मौलिक लोक नृत्य, गीत संगीत र सोरठी सिक्ने सिकाउने काम पनि गर्नुभएका पुनका उनका ३ छोरा र १ छोरी छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...