दरबाङ–रातोढुङ्गाले जित्यो ११ औ तोरन्ल्ह गोल्डकपको उपाधी

Gandaki Pardesh notice

बेनी । दरबाङ–रातोढुङ्गा क्षेत्रले म्याग्दीको बेनीमा आइतबार सम्पन्न ११ औ केन्द्रिय तोरन्ल्ह गोल्डकप अन्तर क्षेत्रीय तारो खेल प्रतियोगिताको उपाधी जितेको छ ।

थकाली सेवा समितिको आयोजना र बेनी क्षेत्रको आतिथ्यतामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पहिलो पटक सहभागी भएको दरबाङ म्याग्दी क्षेत्रले १४१ अंक प्राप्त गर्दै उपाधी जितेको हो । दरबाङ–रातोढुङ्गाले रु. एक लाख नगद, सुनको जलप भएको शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

१२७ अंक सहित काठमाडौ क्षेत्र दोस्रो, तेस्रो भएको पोखरा क्षेत्रले १२६, चौथो भएको बुर्तिबाङ क्षेत्रले ११८ र पाँचौ भएको थासाङले ११४ अंक प्राप्त गरेका थिए । दोस्रो, तेस्रो, चौथो र पाँचौले क्रमश रु. पचास हजार, रु. पच्चिस हजार, रु. दश हजार र रु. पाँच हजार पुरस्कार सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

Shreekrishna hardwear in news

सबैभन्दा बढी २६ अंक ल्याएर दरबाङ–रातोढुङ्गाका महेश तुलाचन सर्बाधिक धनुषकर, कुश्माका अनुज शेरचन बिशिष्ट धनुषकर र टिकापुर क्षेत्रले अनुषाशित टिमको उपाधी सहित रु. सात÷सात हजार नगद सहित प्रमाणपत्र र ट्राफि प्राप्त गरेका थिए ।

तीन दिनसम्म सञ्चालन भएको हुने प्रतियोगितामा थकाली समुदायका मात्र १८ समूहका १२६ जना खेलाडीहरुबीच प्रतिस्पर्धा भएको थियो । बिजेता खेलाडीहरुलाई पुर्ब राज्यमन्त्री भिमप्रसाद गौचन, थकाली सेवा समितिका अध्यक्ष सोमप्रसाद तुलाचन, पुर्ब अध्यक्ष कृष्णकुमारी शेरचन लगायतले पुरस्कार बितरण गर्नुभएको थियो ।

थकाली समुदायको पौराणिक तारो हान्ने खेलको संरक्षण, खेल पर्यटनको विकास र प्रर्वद्धन गर्ने उद्देश्यले समितिले प्रत्येक तीनतीन वर्षमा तोरन्ल गोल्डकप आयोजना गर्दै आएको छ । तोरन्ल गोल्डकप सञ्चालन गर्न स्वदेश तथा बिदेशमा रहेका थकाली समुदायबाट चन्दा सहयोग जुटाएर रु. ५१ लख ५४ हजारको अक्षयकोष बनाएको समितिका अध्यक्ष तुलाचनले बताउनुभयो ।

Bhautik ministry notice about road

कोषमा निर्माण ब्यवसायी महासंघका तत्कालिन अध्यक्ष स्वर्गीय शरदकुमार गौचनको नाममा उहाँकी श्रीमति आशाले रु. दश लाख सहयोग गर्नुभएको छ । मुस्ताङ उद्गम थलो भएका थकाली समुदायले तारो खेललाई मौलिक परम्परा मान्छन् ।

परापुर्व कालमा खेतीबाली लगाए र थन्काएपछि मनोरञ्जनका लागि तारो खेल्ने चलन थियो । तारो खेलमा बाँसको धनुषबाण र जरबुटाको तिर हुन्छ । करिब डेढ सय मिटर वारीपारी राखिएका दुई वटा फल्याकमा तिर हान्ने गरिन्छ ।

जुन समुहले धेरै पटक फल्याकमा तिर हान्छ उसैले प्रतियोगिता जित्ने गर्छ । फल्याकको बिचमा राखिने गोलो आकारको सानो भागमा तिर कोपेपछि खोल भएको मानिन्छ । १२ औ तोरन्ल्ह गोल्डकप मुस्ताङको घाँसामा हुने समितिले जनाएको छ ।

दरबाङ–रातोढुङ्गा क्षेत्रका धापन नरप्रसाद शेरचनले पहिलो पटकको सहभागिता र दुई दिनको तयारीमै उपाधी जितेको बताउनुभयो । सर्बाधिक धनुषकर महेश तुलाचनले आफु सानै देखि धनुषवाणमा रुची राख्दै अहिले राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागीता जनाएर सफलता पाउँदा खुसी ब्यक्त गर्नुभयो । उहाँले ३० मा २६ अंक प्राप्त गर्नुभएको थियो ।

दरबाङ–रातोढुङ्गा क्षेत्रका अध्यक्ष बिनोद भट्टचनले छोटो समयको तयारी र पहिलो पटकको सहभागितामा सफलता दिलाउने खेलाडीहरुलाई धन्यवाद दिनुभयो । खेलाडीहरुको ब्यवस्थापन गरेका थकाली युवा समिति दरबाङ–रातोढुङ्गाका अध्यक्ष अनुप गौचनले खेलाडीहरुलाई आगामी दिनमा थप प्रशिक्षण र प्रोत्साहनको ब्यवस्था गर्ने बताउनुभयो ।

सो कार्यक्रममा थकाली सेवा समिति बेनी क्षेत्रको तर्फबाट पहिलो नेपाली पाइलटको रुपमा गत बैशाख २८ गते संसारकै अग्लो सगरमाथाको सफल आरोहण गरेका बेनीका सोबित गौचनलाई सम्मान गरिएको समितिका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...