प्रहरी दिवसमा मास्क बितरण

Sinchai Khanipani notice

बेनी । नेपाल प्रहरीको ६६ औ स्थापना दिवसको अवसरमा आइतबार बेनी बजारमा सन्देशमुलक ¥याली सहित मास्क बितरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीको आयोजनामा कोरोना (भाइरस)को जोखिम न्युनीकरणका लागि सर्बसाधारणलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै मास्क नलगाई सडकमा निस्किएकाहरुलाई मास्क बितरण गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय अगाडीको चोकबाट शुरु भएको ¥याली हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै पुन सोही ठाउँमा पुगेर समापन भएको थियो ।
¥यालीमा सहभागी सुरक्षाकर्मीहरुले सन्देशमुलक प्लेकार्ड बोकेका थिए । सन्देशमुलक जिंगल पनि बजाइएको थियो । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, प्रहरी नायब उपरीक्षक श्यामकुमार राई लगायत ¥यालीमा सहभागी हुनुभएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैबीच म्याग्दी जिल्ला भित्रने प्रमुख नाका कालीपुल बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले बेनी–८ कालीपुल बसपार्कमा आउँदै गरेको विजयादशमी, दीपावली लगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि सहायता कक्ष स्थापना गरेका हुन् ।

सहायता कक्षमा ट्राफिक र जनपथ प्रहरी चौबिसे घण्टा खटाइएको छ । कक्षबाट यात्रु तथा सर्वसाधारणका गुनासालाई सम्बोधन गर्ने, सूचना सङ्कलन गर्ने र कोभिड–१९ का बारेमा सचेतना जगाउँदै मास्कलगायत स्वास्थ्य सामग्री वितरण गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र नेपालीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...