नेशनल लाईफद्धारा बिमा दाबी रकम हस्तान्तरण

Sinchai Khanipani notice

बेनी । नेशनल लाईफ इन्सोरेन्स कम्पनीले शनिबार म्याग्दीका दुई जना बिमितका परिवारलाई बिमा दाबी रकम हस्तान्तरण गरेको छ ।

कम्पनीमा जिबन बिमा गरेका रघुगंगा गाउँपालिका–१ बेगका कबहादुर गर्बुजा र मंगला गाउँपालिका–१ कुहुँका पदमबहादुर राम्जालीका आफन्तलाई दाबी रकम उपलब्ध गराएको हो ।

Bhautik ministry notice about road

बेनी शाखाले आयोजना गरेको अभिकर्ता सम्मान तथा अभिमुखीकरण कार्यक्रममा कबहादुरका दाजु दुतबहादुरलाई रु. दश लाख १६ हजार र राम्जालीका आफन्तलाई दुई लाख पचास हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको थियो ।

Shreekrishna hardwear in news

कम्पनीका गण्डकी प्रदेश प्रमुख केशबराज ढकाल, म्याग्दी शाखा प्रमुख भरत केसी, बरिष्ठ अभिकर्ता दुर्गाराम सुबेदीले चेक हस्तान्तरण गर्नुभएको थियो । म्याग्दी शाखाका कर्मचारी खम थापाले सञ्चालन गर्नुभएको कार्यक्रममा गत आर्थिक वर्षमा धेरै बिमा गराउने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...