काँग्रेस मुस्ताङको सभापतिमा गौचन

Sinchai Khanipani notice

बेनी । पुर्बमन्त्री रोमी गौचन थकालीको सभापतित्वमा नेपाली काँग्रेस मुस्ताङको जिल्ला कार्यसमिति चयन भएको छ ।

थासाङ गाउँपालिका–३ लेतेमा शुक्रबार सम्पन्न जिल्ला अधिबेशनबाट गौचनको नेतृत्वमा २३ सदस्यीय कार्यसमिति चयन भएको हो । नेपाली काँग्रेस मुस्ताङको निर्बाचन समितिका संयोजक अनन्त आचार्यले सर्बसहमतिमा नेतृत्व चयन भएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

सभापतिमा निर्बाचित गौचन संबिधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारका बाणिज्य मन्त्री हुनुहुन्थ्यो । उहाँ बि.स. २०५६ र २०७० मा प्रतिनिधीसभा सदस्य निर्बाचित हुनुभएको थियो । उपसभापतिमा बिजय हिराचन, ढोका गुरुङ, सचिबमा बिकल शेरचन, छेवाङ नर्बु गुरुङ, सहसचिबमा नम्डुल गुरुङ, सोमल हिराचन र कोषाध्यक्षमा गणेश शेरचन चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

वडा अधिवेशनबाट चयन भएका क्षेत्रीय प्रतिनिधीहरुले कार्यसमितिका १५ जना सदस्यहरु पनि सर्बसम्मत चयन गरेका छन् । सभापतिमा निर्बाचित थकालीले जिल्लाका नेता कार्यकर्ताको अपेक्षा अनुसार मुस्ताङमा काँग्रेसलाई बलीयो बनाउन र एकताको सन्देश दिन आफू नेतृत्वमा आएको बताउनुभयो ।

काँग्रेसको १४ औ महाधिवेशन अन्तरगत मुस्ताङका सबै वडा र पालिका पनि सर्बसहमतिमा नेतृत्व चयन भएको थियो । घरपझाङ गाउँपालिकामा यामप्रसाद थकाली, लोमान्थाङ गाउँपालिकामा छेवाङ झिम्मी बिष्ट, लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा टसी लेण्डुप गुरुङ, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आङजिङ गुरुङ र थासाङ गाउँपालिकामा रुपेश गौचनको सभापतित्वमा ३२÷३२ सदस्यीय कार्यसमिति चयन भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...