मोना युएईको स्वागत तथा भेटघाट कार्यक्रम

Sinchai Khanipani notice

बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको स्वागत तथा भेटघाट कार्यक्रम दुबई क्रिकमा धौ क्रुजमा सम्पन्न भएको छ ।

मोना युएईका अध्यक्ष सुवाश राम्जालीको अध्यक्षतामा भएको कार्यक्रममा मोना अन्तराष्ट्रिय कार्यसमितिका निबर्तमान प्रबक्ता तथा बेलायत सरकारका काउन्सिलर प्रवेश केसीको प्रमुख अतिथि र उहाँकी धर्मपत्नी रोमियन लिम्बु बिशिष्ट अतिथि रहनुभएको थियो ।

Bhautik ministry notice about road

मोना युएईका महासचिब काजिमान बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा केसीले म्याग्दीबाट बिद्यार्थीको रुपमा युके पुग्ने बिद्यार्थीहरुलाई आफुले सक्ने जति सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

Shreekrishna hardwear in news

युके चलचित्र कलाकार संघका अध्यक्ष समेत रहनुभएकी राईले आफ्नो नृत्य प्रस्तुत गर्दै कार्यक्रम अझै सौन्दर्यमय बनाउनुभयो र कला, संस्कृतिलाई चिनाउन सधै तप्पर रहेको बताउनुभयो ।

कार्यक्रममा मोना इएईका संरक्षक ईञ्जिनियर नन्दबहादुर गर्बुजा, प्रकाश कार्की, सल्लाहकार बिक्रम अधिकारी, महिला उपाध्यक्ष यामुना रोका, सदस्य कलाकार सोनु पुन, नर छन्त्याल लगायतले मन्तब्य राख्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...