म्याद नाघेका सामान जफत

Gandaki Pardesh notice

बेनी । बेनीमा बिहिबार बजार अनुगमनका क्रममा भेटिएका म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा प्रशासन, बेनी नगरपालिका, प्रहरी, कृषि ज्ञान केन्द्र र उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले एक वटा कस्टमेटिक, एक वटा तरकारी तथा फलफुल र ११ वटा खाद्यान्न पसलको थियो ।

अनुगमनका क्रममा बिक्रीका लागि राखिएको अवस्थामा भेटिएको म्याद नाघेका करिब साढे सोह् हजार रुपैयाँ मूल्य बराबरको सौन्दर्य र खाद्यान्न सामग्री नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

कार्यालयका प्रमुख नन्दलाल पौडेलले कस्मेटिक साथै हर्लिक्स, बिस्कुट, पापड, सस लगायतका सामान जफत गरेर नष्ट गरिएको बताउनुभयो । दशै तिहार लगायत चाडपर्वको समयमा हुन सक्न मूल्यबृद्धी, कृतिम अभाब, मिसावट र अखाद्य बस्तुको बिक्री बितरण नियन्त्रण गर्न बजार अनुगमन गरिएको बताउनुभयो ।

कार्यालयको बार्षिक कार्यक्रम अनुसार मासिक रुपमा फरक फरक बिधाका पसल अनुगमनलाई निरन्तरता दिएको पौडेलले बताउनुभयो । अनुगमन टोलीले पसल सञ्चालकहरुलाई मूल्यसूचि राख्न, अद्यावधिक गर्न, सरसफाईमा ध्यान दिन, म्याद नाघेका सामान समयमै पहिचान गरेर डिलरलाई फिर्ता गराउन निर्देशन दिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...