चिनाखेतमा खानेपानी योजना निर्माण

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेतका घरघरमा खानेपानी सुबिधा बिस्तार भएको छ ।

बेनी नगरपालिकाले निर्माण गरेको चिनाखेत खानेपानी आयोजनाबाट ७६ घरधुरी लाभान्वित भएका हुन् । नगरपालिकाका असिस्टेन्ट सब इञ्जिनियर चन्द्रबहादुर थापाले रु. ५१ लाख ५४ हजार ०४० को लागतमा सो खानेपानी आयोजना निर्माण भएको जानकारी दिनुभयो ।

“ठेक्का लिएको सुन्दर निर्माण सेवाले मुहान, मुख्य र शाखा पाइपलाइन, टंकी बनाएर घरघरमा पाइप मार्फत पानी पु¥याएको छ,” उहाँले भन्नुभयो “रु. सत्तरी लाख बजेट बिनियोजन भएको आयोजना ठेक्का मार्फत अनुमानीत भन्दा करिब रु. १८ लाख कम खर्चमा निर्माण भएको हो ।”

Shreekrishna hardwear in news

बि.स. २०७७ पुष २१ गते ठेक्का सम्झौता गरेका निर्माण कम्पनीले कोरोना भाइरसको जोखिम, निषेधाज्ञा र बर्षातको असहज अवस्थाका बावजुद निर्धारित समय २०७८ असार मसान्तभित्रनै आयोजना निर्माण गरेको नगरपालिकाले जनाएको छ ।

रातोपहरा र लेखानीको मुहानमा दुई वटा इन्टेक, ५० एमएम क्षमताको ३२० मिटर मुख्य पाइपलाइन र नौ किलोमिटर बितरण लाइन निर्माण भएको छ । बिस घनमिटर क्षमताका दुई वटा पानी संकलन गर्ने टंकी निर्माण भएको छ ।

Bhautik ministry notice about road

खानेपानी बितरणलाई दिगो र ब्यवस्थित बनाउन प्रत्येक घरमा मिटर जडान भएको छ । पाइपबाट घरघरमा खानेपानी बितरण हुन थालेपछि दुषित पानीका कारणले हुने स्वास्थ्य समस्यामा कमी, समय र श्रमको बचत भएको स्थानीयबासी डेकबहादुर घर्तिले बताउनुभयो ।

“यसअघि सार्बजनिक धाराबाट खानेपानी बितरण गरिदै आएको थियो,” उहाँले भन्नुभयो “खडेरीमा पर्याप्त पानी आपुर्ति नहुँदा खानेपानीका बिषयमा हुने बिवादको अन्त्य भएको छ ।” बजेट कम भएकाले घरघरमा धारा निर्माण गरिएको छैन् ।

चालु आर्थिक वर्षमा उपभोक्ता र नगरपालिकाको साझेदारीमा घरघरमा खानेपानीका धारा निर्माणका लागि पहल गरिएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो । बेनी नगरपालिकाले गत आर्थिक वर्ष २०७७÷७८ मा चिनाखेत र वडा नम्बर २ मा गौस्वारा तमाने खानेपानी आयोजना सञ्चालन गरेको थियो ।

ठेक्का मार्फत कार्यान्वयन गरिएको गौस्वारा तमानेको संरचना निर्माण सकिएको छ । रु. ६० लाख अनुमान गरिएको आयोजना निर्माणका लागि सुन्दर–कालीगण्डकी जेभीले रु. ४५ लाख ८० हजार ९७९ मा ठेक्का लिएको थियो । मुहानमा एक वटा इन्टेक, पाँच घनमिटर क्षमताको एक वटा र बीस घनमिटर क्षमताको तीन वटा टंकी बनाएर घेराबार भएको सबइञ्जिनियर कमल थापाले बताउनुभयो ।

१६ वटा बितरण च्याम्बर, दुई वटा ब्रेक प्रेसर ट्याङ्क, ५० एमएम क्षमताको दुई हजार २८२ मिटर मुख्य पाइपलाइन, ५०० एमएमको ६६०, ४० एमएमको ७०९ र ३२ एमएमको एक हजार ९१४ मिटर शाखा लाइन निर्माण भएको छ । चालु आर्थिक वर्षमा मिटर, स्याडल, फेरल र घरमा जडान गरेर १०३ घरधुरीमा खानेपानी बितरण गर्न नगरपालिकाबाट रु. ५४ लाख बिनियोजन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...