बिजुलीका पोल भाडाका लागि सम्झौता, नबिकरण र बक्यौता भुक्तानी गर्न ताकेता

Shreekrishna hardware

बेनी । नेपाल बिद्युत प्राधिकरण म्याग्दी बितरण केन्द्रले बिद्युतका पोल प्रयोग गरेका केबल र इन्टरनेट सेवा प्रदायकहरुलाई सम्झौता, नबिकरण र बक्यौता भुक्तानीका लागि ताकेता गरेको छ ।

नेपाल बिद्युत प्राधिकरणको बिद्युतीय संरचनाहरु प्रयोग गरी अप्टिकल फाइबर भाडामा लिई टेलिफोन÷इन्टरनेट÷केवल÷टिभी सेवा सञ्चालन गरेका सेवा प्रदायकहरुलाई यही असोज १५ गतेभित्र सम्झौता, नबिकरण र बक्यौता बुझाउन ताकेता गरेको हो ।

केन्द्रका प्रमुख प्रशान्त झाले नयाँ सेवा प्रदायकहरुलाई प्रक्रिया पुरा गरि सम्झौता गर्न र यसअघि सम्झौता गरेकाहरुलाई नबिकरण गर्न तथा बक्यौता तिर्न ताकेता गरिएको जानकारी दिनुभयो ।

Shreekrishna

“केन्द्रले सार्वजनिक सूचना जारी गरेपनि म्याग्दीमा प्राधिकरणको पोल प्रयोग गरेका सेवा प्रदायकहरु सम्झौता, नबिकरण र बक्यौता तिर्न अटेरी गर्नुभएको हुदाँ असोज १५ गतेसम्मको लागि समय दिएका छौ,” उहाँले भन्नुभयो “तोकिएको मितिभित्र सम्झौता नगर्ने सेवा प्रदायकहरुको बिद्युत प्राधिकरणको संरचनामा जडान भएका अप्टिकल फाइफर तथा अन्य उपकरण हटाउने केन्द्रको निर्देशन आएको छ ।”

Ban devision notice

म्याग्दीमा दुई वटा केबल टिभी र पाँच वटा इन्टरनेट सेवा प्रदायकले बिद्युत प्राधिकरणको पोल प्रयोग गरेका छन् । यसअघि नगरपालिका क्षेत्रमा प्रतिपोल रु. एक सय र गाउँपालिका क्षेत्रमा रु. पचासका दरले बार्षिक भाडा तिर्ने गरेका थिए ।

केवुल तथा इन्टरनेट सेवा प्रदायकहरुले प्राधिकरणले तोकेको पोलको नयाँ भाडादर महँगो र अब्यवहारिक भएकाले सम्झौता र नबिकरण नगरेको प्रक्रिया दिएका छन् ।

नयाँ दररेट अनुसार नगर र गाउँपालिका क्षेत्रका ३३÷११ केभी र सो भन्दा कम क्षमताको लाइनको बिद्युत संरचना प्रयोग गरे वापत प्रतिकिलोमिटर वार्षिक रु. सात हजार भाडा तिर्नुपर्छ ।

पब्लिक भिजन केबुल सहकारी संस्थाका प्रबन्धक नवराज पौडेलले प्राधिकरणको भाडादर पहाडी र हिमाली जिल्लामा अब्यवहारिक र महँगो भएकाले समायोजन नभएसम्म सम्झौता नबिकरण नगर्ने सामुहिक निर्णय भएको बताउनुभयो ।

बिद्युतको पोल भाडा समायोजन गर्न बिद्युत प्राधिकरणलाई दबाव दिन बुधबार देशभरका चार सय केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको काठमाडौमा भेला आयोजना गरिएको पौडेलले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...